प्रकाश दाहालको मृत्युबारे नर्भिकले केही बेरमा जानकारी दिने
काठमाडौं । एकीकृत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालको मृत्युबारे नर्भिक अस्पतालले केहीबेर पछि मात्र औपचारिक जानकारी दिने भएको छ ।
आज विहान ५.३८ बजे प्रचण्ड निवास लाजिम्पाटमा ह्रृदयघातका कारण मृत्यु भएको थियो । उनलाई तत्काल नर्भिक अस्पतालमा लगिएको भए पनि अस्पताल पुग्दा उनको मृत्यु भइसकेको थियो ।
झापामा रहेका प्रचण्ड आधा घण्टापछि काठमाडौं आइपुगेपछि अस्पतालले औपचारिक जानकारी दिने भएको छ । प्रकाशकी श्रीमति विना मगर पनि अहिले केही बेरमा कन्चनपुरबाट काठमाडौं आउँदै छिन् भने दिदी रेणु दाहालसहितका परिवार पनि केही बेरमा काठमाडौं आई पुग्दै छन् ।
प्रतिकृया दिनुहोस