रामशरण महत परे माओवादी आक्रमणमा
४ जना घाइते, जीप ध्वास्त
काठमाडौं । पछिल्ला समयमा माओवादीले उम्मेदवारमाथिको आक्रमणको प्रयासलाई जारी राखेको छ । यसै क्रममा नुवाकोटमा नेपाली कांग्रेसका नेता रामशरण महतलाई लक्षित गरी बम प्रहार गरेको छ ।
सरकारले सुरक्षा व्यवस्था कडा पारेको बताइरहेका बेला कांग्रेसमा प्रभावशाली नेता तथा पूर्व अर्थ मन्त्री महत चुनावी अभियानमा जादै गर्दा बम प्रहार भएको छ । अहिलेसम्म बसले बम प्रहार गरेको यकिन नभए पनि केही दिनदेखि नेत्र विक्रम चन्द नेतृत्वको माओवादीले श्रंखलाबद्ध बम आतंक मच्चाइरहेकाले माओवादीले महतमाथि आक्रमणको प्रयास गरेको हुन सक्ने प्रहरीले बताएको छ ।
महत नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका उम्मेदवार समेत रहेका महत ककनी गाउँपालिका–५ डाडाँगाउँमा चुनावी प्रचारमा जाने क्रममा केहीबेरअघि बम प्रहार गरिएको थियो । सो बम प्रहारबाट कांग्रेसका कार्यकर्ता उपेन्द्र मिश्र, सविन लामा, यसकुमार तामाङ र लिला घर्ती मगर गम्भीर घाइते भएका छन् ।
प्रमुख जिल्ला अधिकारी जगदिशराज बरालका अनुसार चुनावी प्रचारमा प्रयोग गरिएको बा १६ च ६६५ को जीपमा पूर्णरुपमा क्षति पुगेको छ । घटनाको लगत्तै सशस्त्र प्रहरीको टोली घटनास्थलतर्फ गएको छ । बम विस्फोट गराउनेको खोजबिन भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिकृया दिनुहोस