जनप्रतिनिधि आएपछि दुर्गमका ३ बस्तीको मुहार फेरिँदै

कञ्चपुर । स्थानीय तहको निर्वाचनपछि भीमदत्तनगरपालिका–९ का खल्ला, मुसेट्टी र टुँडिखेलको मुहार फेरिन थालेको छ ।

स्थानीय तहमा जनप्रतिनिधि आएपछि दुर्गम बस्तीमा आधारभूत सेवा सुविधा पुग्न थालेको छ । ब्रह्मदेवबाट पैदल नै डेढ घण्टाको दूरी तय गरी पुगिने टुँडिखेलसम्म यातायातका साधन सञ्चालनका लागि सडक बनेपछि २० मिनेटमै पुग्न सकिने भएको छ । मुसेट्टीसम्म गाडी पु¥याउने काम अघि बढेको छ ।

महिला स्वास्थ्यसेविकाका भरमा चलेका बस्तीमा नियमित रुपमा गाउँघर क्लिनिक सञ्चालनमा आउँदा सर्वसाधारणले सेवा पाउन थालेका छन् ।‘खास ब्रह्मदेव यहींँ हो, अहिले ब्रह्मदेव त त्यो बेला सिमकोट थियो’ स्थानीयवासी धौले भारतीले भने, ‘यति पुरानो बस्ती भएर पनि केही भएन, सधैँं समस्यामा मात्रै प¥यौ, जनप्रतिनिधि आएपछि केही काम भएका छन्, अब विकास हुन्छ भन्ने लागेको छ ।’

भीमदत्त नगरपालिका–९ वडा कार्यालयले डोजर लगाएर पहिरो पन्छाएपछि महाकाली नदी किनारको बाटामा गाडी गुड्न थालेका छन् । वडा नं ९ का वडाध्यक्ष राम नाथले भने, ‘सडक बनेपछि गाडीमा चढेर खल्ला, टुँडिखेसम्म पुग्न सकिन्छ ।’

स्थानीयवासी मोतीसिंह महतले जोखिम मोलेर केही महिनाअघि स्थानीयवासीसँग सहकार्य गरी बाटो खोलेका थिए । अध्यक्ष नाथले खल्ला, टुँडिखेल र मुसेट्टीसम्मको प्रमुख समस्या सडकको अभाव हुँदा जोखिम मोलेर यात्रा गर्नुपर्ने अवस्थालाई ध्यानमा राखी सडक निर्माणलाई पहिलो प्राथमिकतामा राखी काम अगाडि बढाइएको बताए ।

हरेक निर्वाचनमा स्थानीयवासीले जग्गाधनी पुर्जा, सडक निर्माण र विद्युत्का लागि नेतासित माग गर्दै आएका छन् । चुनाव जितेपछि नेताले आश्वासन पूरा नगर्दा अभावमै बाँच्नुपरेको यहाँका बासिन्दा बताउँछन् ।

‘अरु बेला त केही भएन, स्थानीय निर्वाचनपछि आएका जनप्रतिनिधिले केही गर्लान् जस्तो देखिएको छ’, स्थानीयवासी कलावती धामीले भने , ‘समस्या त अझ पनि छन् ,समाधान गरिनुपर्छ ।’ विगतमा नेताले अश्वासन मात्रै दिएर फर्के पनि स्थानीय तह निर्वाचनपछि सडक बनेर सुविधा भएको उनले बताइन ।

उनी जस्तै खल्लाकी अञ्जली बोहराले स्थानीय तहमा विजयी नेताले सडक र स्वास्थ्य क्लिनिकमा सामान्य प्राथमिक उपचारका लागि औषधिको व्यवस्था गरेर काम देखाएको बताइन । अरु समस्यासमेत यसैगरी समाधान गर्दै जानुपर्ने उनीे बताउछिन् ।

खल्ला, टुँडिखेल र मुसेट्टीमा ४ सय परिवार बसोवास गर्छन् । स्थानीय निर्वाचनपछि टुँडिखेलमा नियमित रुपमा गाउँघर क्लिनिक सञ्चालनमा आएको छ । गाउँघर क्लिनिककी अनमी ममता महताले सानोतिनो उपचारसहित गर्भ जाँच, सुत्केरी जाँच, परिवार नियोजनका साधन वितरणलगायत सेवा प्रदान गरिएको छ । मासिक रुपमा २ सयभन्दा बढीले यहाँबाट सेवा पाउने गरेका छन् । ३ बस्ती महिला स्वास्थ्य स्वयम्सेविकाका भरमा थिए । मुसेट्टीकी स्वयम्सेविकाले तीनै बस्तीमा सेवा दिइरहेकी छन् ।

स्थानीय तह निर्वाचनपछि खल्ला, मुसेट्टीमा खोला नियन्त्रण, खानेपानी, बाटोघाटाका लागि १५ लाख बजेट विनियोजन गरिएको छ । मुसेट्टीसम्म बाटो निर्माण, विद्युतीकरण, खानेपानी, खोला नियन्त्रण, मोबाइल टावर निर्माणलगायत मुख्य समस्यालाई प्राथमिकता दिएर काम शुरु गरिने अध्यक्ष नाथले बताए ।

३ वटैै बस्तीका विद्यालयमा आधारभूत तहसम्म पढ्न सकिने भएकाले स्तरोन्नतिका लागि पहल गरिने अध्यक्ष नाथको भनाइ छ ।

भीमदत्त नगरपालिका–९ ब्रह्मदेव बजार सिमलकोट हुँदा उत्तरका तीन बस्ती खल्ला, टुँडिखेल र मुसेट्टी खास ब्रह्मदेव थियो । छ सय वर्षअघि ब्रह्मदेवमा शक्ति बह्मदेवको शासन चलेको थियो । उनको नामबाट ब्रह्मदेव नाम राखिएको हो ।

पछि यस क्षेत्रमा भीमदत्त पन्तले आधार इलाका बनाई क्रान्तिको शुरुवात गरेका थिए । समय बित्दै जाँदा दशकौंँ पुरानो ब्रह्मदेव खल्ला, मुसेट्टी र टुँडिखेल मात्रै भएन, आफ्ना सबै पहिचान गुमाउँदै दुर्गम क्षेत्रमा बदलिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...