काठमाडौँका दुई वटा औषधि पसलमा शिलबन्दी

Medical

काठमाडौँ । नियमविपरीत सञ्चालनमा रहेको काठमाडौँका दुई औषधि पसललाई शिलबन्दी गरिएको छ ।

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले आज उपत्यकाको विभिन्न स्थानमा गरेको अनुगमनका क्रममा नरदेवीमा रहेको कुशल डेण्टल क्लिनिक प्रालि र सागर प्याथोलोजी ल्याबले स्विकृति नलिई सञ्चालन गरेको पाएपछि शिलबन्दी गरेको हो ।

अनुगमन संयोजक दिपकराज पोखरेलसहितको टोलीले शिलबन्दी गरिएको दुवै औषधि पसललाई तीन दिनभित्र आवश्यक कागजपत्र लिई विभागमा आउन निर्देशन दिएको छ ।

पछिल्लो समय तरकारीमा भएको मूल्यवृद्धिलाई कम गर्न पनि विभागले रातिको समयमा अनुगमनलाई प्रभावकारी रुपमा अघि बढाएको विभागका निर्देशक लक्ष्मण श्रेष्ठले जानकारी दिएका छन ।

सामान खरिद गर्दा म्याद, मूल्य र प्रयोग गर्न सकिने मिति ख्याल गर्न पनि आम उपभोक्तालाई उनले अनुरोधसमेत गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...