युद्धको कमाण्डर चुनाबी मोर्चामा
टिकापुर । अछामको रामारोशन गाउँ पालिका ६ भाटाकाटिया नाइतोलामा २०४३ जेठ २५ गते बुवा हरिलाल र आमा ललितादेवी साउँदको जेठो सन्तानको रुपमा जन्मिएका नन्दराम साउँद राजेन्द्रका ३ भाइ र २ बहिनी छन् । अछामकै दर्नाकी लक्ष्मी रिमाल साउँदसंग युद्धकालमै जनबादी बिबाह गरेका राजेन्द्रका २ छोरी छन् ।
अछामको दुर्गम गाउँमा सामान्य गरिब परिवारमा जन्मिएका राजेन्द्र सानैदेखि तिक्ष बुद्धि र बिद्रोही स्वभाबका कारण राजनितिक परिवर्तनका लागि गाउँकै पूर्णचन्द्र उमाबिको पढाई छोडेर २०५७ साउन देखि भुमिगत भइ जनयुद्धमा होमिएका थिए । जनयुद्धकालमा उनले कुसल कमान्डरको परिचय बनाउन सफल भएका थिए । हाल बर्दगोरिया गाउँपालिका १ बौनियाबस्दै आएका राजेन्द्रलाई फौजी ज्ञान मात्र होइन सामाजिक राजनीतिक क्षेत्रको पनि अनुभव छ ।
माओवादी केन्द्र को केन्द्रिय महाधिवेशन आयोजक समिती सदस्य समेत रहेका उनले जिल्ला बिकास समिति कैलालीको पार्टी प्रतिनिधि भइ सामाजिक बिकास निर्माणको क्षेत्रमा महत्पूर्ण भुमिका निर्बाह गरेका छन ।
युद्ध कला सम्बन्धि सम्पूर्ण को ज्ञान भएका राजेन्द्रले दर्जनौ फौजी मोर्चामा अग्रभागमा रहेर काम गरि सकेका छन् । फौजी मोर्चामा अमेरिकि फोर्टिफिकेशन र आधुनिक हतियारले सुसजित रेन्जर बटालिएनसंगको पाण्डौन भिडन्तमा ०६२ सालमा गम्भीर घाइते समेत भएका थिए । अहिले उनि आगामी मंसिर २१ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा यहि क्षेत्रबाट चुनाव लड्दै छन ।
ताक्लाकोटसंग जोड्ने सेती लोगमार्गको बिकास गरेर यस क्षेत्रलाई पूर्ब पश्चिम उत्तर दक्षिण जोडेर ब्यापारी केन्द्र बनाउने उनको प्रतिबद्धता रहेको छ ।
प्रतिकृया दिनुहोस