बेल्जियमको इपरमा वीर गोर्खालीप्रति श्रद्दाञ्जली अर्पण

Belgiym ph

काठमाडौँ । तमु समाज बेल्जियमले प्रथम विश्व युद्धमा शाहदत प्राप्त गर्ने वीर गोर्खालीप्रति सम्मान स्वरूप बेल्जियमस्थित इपरमा श्रद्दाञ्जली कार्यक्रमको आयोजना गरेको छ ।

बेल्जियमका लागि नेपाली राजदूत लोक बहादुर थापाको उपस्थिति रहेको सो कार्यक्रममा गैर आवासीय नेपाली सङ्घ बेल्जियमका अध्यक्ष लोक हाहाल लगायत विभिन्न सामाजिक सङ्घ÷संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

प्रथम विश्व युद्धको हतियार बिसाएको दिन ११ नोबेम्वर (कात्तिक २५ गते) लाई विश्वभरी दिवसको रूपमा मनाउने क्रममा विगत १५ वर्षदेखि तमु समाज बेल्जियमको संयोजनमा हरेक वर्ष श्रद्दाञ्जली कार्यक्रम गरिँदै आएको समाजमा महासचिव सुर्य गुरूङले जानकारी दिए ।

सोही अवसरमा राजदूत लोकबहादुर थापा, समाजका अध्यक्ष जीवन तमु, एनआरएनका अध्यक्ष दाहाल र पत्रकार महेश थापाले विदेशमा बस्ने नेपालीहरू बीचको एकतामा जोड दिनुभएको महासचिव गुरूङले जानकारी दिए ।

गत वर्ष नेपाल सरकारको पहलमा बेल्जियमस्थित इपर (बेल्जियम र जर्मनको सिमाना) मा स्मारक स्थापना गरिएको थियो । पहिलो विश्व युद्धमा बेल्जियममा ५८ जना गोर्खालीले सहादत प्राप्त गरेको समाजमा महासचिव गुरूङको भनाइ छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...