चितवनमा मतदाता शिक्षा शुरु  

Mtdata edu

 

चितवन । चितवनमा मतदाता शिक्षाका स्वयंसेवकहरु परिचालन गरिएको छ ।

जिल्लामा छनोट भएका ४ सय ८ स्वयंसेवकमध्ये १५० जनालाई सोमबार प्रशिक्षण दिएर मतदाता शिक्षाका लागि गाउँगाउँमा परिचालन गरिएको जिल्ला निर्वाचन अधिकारी हरि ढकालले जानकारी दिए । उनका अनुसार सोमबार झण्डै २ सय जनाको प्रशिक्षण रहेको र उनीहरुलाई पनि आजै परिचालन गरिनेछ । बाँकी अन्यलाई मंगलबार प्रशिक्षणपश्चात खटाइने ढकालले जानकारी दिए ।

जिल्लामा १६१ मतदान स्थलमा ४०८ वटा मतदान केन्द्र रहेको छ । हरेक मतदान केन्द्रमा एकजना मतदाता शिक्षा स्वयंसेवक रहनेछन् । यसपालि भने उनीहरुले गाउँको टोल विकास संस्था र महिला समूहसँग समन्वय गरेर एउटा टोलमा एकैचोटि मतदाता शिक्षा प्रदान गर्नेछन् ।

यसअघि घरघरमा जाँदा मानिस नभेटिने गरेकाले अहिले सामूहिक रुपमा मतदाता शिक्षा दिन लागिएको छ । यसपटक स्कुलमा गएर विद्यार्थीलाई जानकारी गराई उनीहरुका अभिभावकलाई सिकाउन आह्वान गरिने ढकालले बताए ।

उनीहरुले मतदान गर्न पर्नाको कारण, मताधिकार के हो, कसरी भोट हाल्दा बदर हुँदैन । किन उम्मेदवार छान्ने भनेर जानकारी गराउनेछन् । भोट बदर नहोस् र धेरै मत खसोस् भन्ने लक्ष्यसहित मतदाता शिक्षा दिन लागिएको हो । जिल्लामा ३ निर्वाचन क्षेत्रमा ३ लाख ५४ हजार ३६ मतदाता रहेका छन् । उम्मेदवारहरु अहिले गाउँगाउँमा चुनावी प्रचार अभियानमा सक्रिय छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...