काठमाडौँ क्षेत्र नम्बर ५ मा मेरो जित सुनिश्चित छ : ईश्वर पोखरेल

Ishwor pokhrel photo (1)

काठमाडौँ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले काठमाण्डौ क्षेत्र नम्बर ५ मा आफूले सहजै विजयी हुने दाबी गरेका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालले गरेको चुनाव विशेष साक्षात्कारमा बोल्दै पोखरेलले विगतमा कहिले जित र कहिले हार भएको बताउँदै यसपटक आफ्नो जित सुनिश्चित भएको बताए ।

क्लबका सभापति ऋषि धमलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरेलले विगतमा यस क्षेत्रका लागि महत्वपूर्ण योगदान दिएको स्मरण गराउँदै चुनाव जित्न कुनै समस्या नभएको दाबी गरे ।

पोखरेलले भने, ‘जनताले यहाँ मलाई चिन्न कुनै समस्या छैन । हार्दा पनि यहाँका जनताको साथमा रहेको छु । विकास निर्माणका हरेक काममा साथ दिएको छु । म कहिँ कतैबाट पोखिएर उम्मेदवार बनेको होइन । यस क्षेत्रमा सामाजिक सम्बन्धन स्थापित गरेको छु । यो पटक जित सुनिश्चत छ ।’

पार्टी अध्यक्षले अरु कुनै अनुकूल ठाउँबाट चुनाव लड्ने प्रस्ताव गरे पनि अस्विकार गर्दै आफूले काम गर्दै आएको क्षेत्र छोड्न नचाहेको पोखरेलले प्रष्ट्याए ।

एमाले–माओवादीबिचमा एकता हुने दाबी गर्दै पोखरेलले विचार मिलिसकेको बताए । विगतमा कार्यनीतिक बाटोमा मेल नभएको स्मरण गराउँदै अहिले दुई पार्टीबिचमा मुद्दाहरु मिलेको बताए । चुनावले गर्दा अहिले केही अलमल भएको मात्रै हो । अब तत्काल यो विषय अगाडि बढ्छ । चाँडै पार्टी एकता हुन्छ । पोखरेलले भने ।

उद्देश्य मिलेकाले नै वाम गठबन्धन सम्भव भएको बताउँदै पोखरेलले अरु पक्षले पनि यस्तै एकता गर्नुपर्नेमा जोड दिए । एमाले–माओवादीबिचको एकताको विरोध गर्नुभन्दा कांग्रेसले पनि सिको गर्न सके राम्रो राजनीतिक संस्कारको सुरुवात हुने पोखरेलको भनाई छ ।

आगामी चुनावपछिको सरकारका विषयमा पोखरेलले सल्लाह र समझदारीका आधारमा प्रधानमन्त्रीको रुपमा अघि सारिने बताए । चुनाव जितेर आउने र योग्य व्यक्तिलाई नै प्रधानमन्त्री बनाउने उनको भनाई छ ।

केपी शर्मा ओली नै प्रधानमन्त्री बन्न सक्ने कुरालाई स्विकार गर्दै पोखरेलले योग्य र सक्षम व्यक्ति नै अबको प्रधानमन्त्री हुने बताए । केपी ओलीको सम्भावना कति छ भन्ने ऋषि धमलाको प्रश्नमा पोखरेलले भने, “सम्भावना छ । तर अहिले नै औपचारिक घोषणा गरेका छैनौँ ।”

एमाले–माओवादीले कम्युनिष्ट शासन ल्याएर स्वतन्त्रता हनन गर्ने आशंका गरिएको छ नि भन्ने पत्रकारको प्रश्नमा पोखरेलले कडा खण्डन गरेका छन् । कम्युनिष्ट शासन आउँछ र जनताले रुन पनि पाउँदैनन भन्ने प्रधानमन्त्री शेरबहादुर देउवाको भनाईलाई गम्भीरतापूर्वक लिन जरुरी नभएको पोखरेलले बताए ।

“यो अफवाह फैल्याइएको मात्रै हो । मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा पनि वृद्धवृद्धालाई गोली ठाक्छन् भनेर हल्ला फैल्याइएको थियो । तर एमालेले नै वृद्धवद्धा, अपाङ्ग र एकल महिलालाई भत्ता दियो ।” पोखरेलले भने ।

“शेरबहादुरजीहरुले के बुझ्नुपर्छ भने अहिलेको संविधान लेख्ने कुराको अगुवाई गर्ने कम्युनिष्टहरुनै हुन् । जनतालाई दिइएको अधिकारका विषयमा कम्युनिष्टहरुको भूमिका छ ।” पोखरेलले बताए ।

विरोधीको खण्डन गर्दा नेपाली कांग्रेसका नेताहरु हतास मनस्थितीमा पुगेको पोखरेलको तर्क छ ।
कांग्रेसलगायत केही पक्षले संविधान जारी गर्नका लागि खुट्टा कमाएको अवस्थामा कम्युनिष्टहरुकै बलले संविधान जारी भएको पोखरेलको दाबी छ ।
संविधान कार्यान्वयनका विषयमा आफूहरु प्रतिबद्ध भएको पोखरेलले बताए ।आगामी चुनावमा वाम गठबन्धनले शानदार बहुमत ल्याउने दाबी पोखरेलको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...