गिरिजाप्रसाद कोइरालाको सपना पूरा गर्नुछ : दाहाल  

Chitwan ma prachanda

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेता गिरिजाप्रसाद कोइरालाको सपना पूरा गर्न स्थिर सरकार र देश समृद्ध बन्नुपर्ने बताए ।

चितवन क्षेत्र नं ३ अन्तर्गत आज मंगलपुरमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले विस्तृत शान्ति सम्झौताको एउटा हस्ताक्षरकर्ता आफू र अर्को हस्ताक्षरकर्ता कोइराला रहेको र उहाँका सपना पूरा गर्ने जिम्मा आफूमा रहेको जिकिर गरे ।

संविधानसभाको दोस्रो निर्वाचनमा नेपाली काँग्रेसका तत्कालीन सभापति सुशील कोइराला निर्वाचित हुनुभएको थियो । नेता दाहालले भने, ‘राष्ट्र निर्माणका लागि गिरिजाप्रसादलाई सम्झेर मलाई मतदान गर्न म नेपाली काँग्रेसका कार्यकर्तालाई आग्रह गर्दछु । यस क्षेत्रबाट काँग्रेसका पुराना र संघर्षशील नेता उम्मेदवार भएको भए मेरो प्रतिस्पर्धी हुने थिए तर काँग्रेसको उम्मेदवार नहुँदा मेरो प्रतिस्पर्धी कोही छैन ।’

अध्यक्ष दाहालले वामपन्थीको स्थिर सरकारले मात्र देशको मुहार कायपलट हुने बताउँदै ५ वर्षमा चितवनको मुहार फेरिछाड्ने प्रतिबद्धता व्यक्त गरे । वामपन्थीको एकता राष्ट्रको एकताको अङ्ग भएको बताउँदै नेपाली काँग्रेसलाई पनि बृहत् प्रजातान्त्रिक एकता कायम गरी अगाडि बढ्न सुझाव दिए । चितवनलाई विकास र समृद्धिमार्फत देशकै नमूना जिल्ला बनाउन आफ्नो उम्मेदवारी रहेको उनले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...