इटहरीलाई प्रदेश नं. १ राजधानी बनाउन माग

Itahari

इटहरी । प्रदेश नं १ राजधानीका लागि आवश्यक सम्पूर्ण पूर्वाधारसहित प्रदेशवासी सबैको केन्द्र भागमा सुगमता समेतमा रहेको इटहरीलाई केन्द्रबिन्दु बनाएर घोषणा गर्न दबाब दिनका लागि शनिबार इटहरीमा बृहत् प्रदर्शन गरिएको छ ।

इटहरीदेखि करिब २० किलोमिटर क्षेत्रमा पर्ने पूर्वपश्चिम उत्तर र दक्षिणका भू–भागलाई समेटेर इटहरीलाई प्रदेशको राजधानी बनाउन उपयुक्त स्थानका रुपमा छनोट गर्नु वैज्ञानिक हुने भन्दै यहाँका सम्पूर्ण राजनीतिक दल, व्यापारी ,बुद्धिजीवी ,सञ्चारकर्मी ,उद्योगी र सर्वसाधारण एवं नागरिक समाजसमेतले त्यसमा ऐक्यबद्धता जनाउँदै प्रदर्शनमा सहभागिता जनाएका छन् ।

इटहरी उपमहानगरपालिकाको प्राङ्गणमा भेला भएर निक्लिएको बृहत् दबाब ¥यालीले उपमहानगरको मुख्यमुख्य स्थानको परिक्रमापछि चोकमा आएर दबाब ¥याली कोणसभामा परिणत भएको थियो । बृहत् ¥यालीमा ठूला राजनीतिक दलका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारसमेतको सक्रिय सहभागिता रहेको थियो ।

प्रदेशको राजधानी इटहरीलाई घोषणा गर्न निकालिएको ¥यालीपछि भएको कोणसभामा सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ की प्रतिनिधिसभा सदस्यकी नेकपा एमालेका उम्मेदवार भगवती चौधरीले पार्टीद्वारा यसअघि नै इटहरी प्रदेश राजधानीका रुपमा स्वीकार गरी सकिएकाले त्यसमा आफूले के गर्दा सहजता हुन्छ त्यसका लागि आफू तयार भएको बताए ।

कोणसभामा नेपाली काँग्रेसका क्षेत्र नम्बर २ को प्रदेशसभा क का उम्मेदवार हेमकर्ण पौडेल, एमालेका तर्फबाट प्रदेशसभाकै क क्षेत्रका उम्मेदवार एवंम् इटहरीका पूर्वप्रमुख सर्वध्वज सावाँ , क्षेत्र ३ क का उम्मेदवार लिलम बस्नेतलगायतले पनि इटहरी प्रदेश १ को राजधानीका रुपमा उचित र सबैका लागि पायक पर्ने र मावन सम्यताका दृष्टिकोणले पनि सबैका लागि मान्ने हुने भएकाले आफूहरु तयार रहेको कुरामा जोड दिए ।

कोणसभामा इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरी, पूर्वसांसद सुनिता परियार, कल्पना चौधरी, नागरिक समाजका अध्यक्ष कमलेश शर्मा पौडेल, उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष शैलेश विष्टलगायतले पनि इटहरीलाई राजधानी घोषणा गराउन राज्यलाई जे जस्तो दबाब दिन गरिने कार्यक्रममा सक्रिय रहने प्रतिबद्धता जाहेर गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...