जितपुरमा लोकतान्त्रिक गठबन्धनको कार्यकर्ता भेला सम्पन्न

धनकुटा । धनकुटामा प्रतिनिभि सभा र प्रदेश सभामै लोकतान्त्रिक गठबन्धन विजयी हुने संयुक्त लोकतान्त्रिक गठबन्धनका नेताहरुले उद्घोष गरेका छन् ।

आफ्नो चुनाव अभियानका क्रममा धनकुटाको महालक्ष्मी नगरपालिकाको जितपुरमा आयोजित कोण सभामा संयुक्त लोकतान्त्रिक गठबन्धनका नेताहरुले जिल्लामा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई हराउने कसैको तागत नभएको दावी गरेका छन् ।

सो चुनावी कोण सभामा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का केन्द्रिय प्रवक्ता राजेन्द्र गुरुङले धनकुटेली जनताले कसैको उक्साहटमा नलाग्ने भएकाले जिल्लावासीले दुवै क्षेत्रमा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी बनाउने बताए ।

सो चुनावी कोण सभामा संघीय समाजवादी फोरमका विदेश विभाग प्रमसख तथा धनकुटा क्षेत्र नं. २ का प्रदेश सभाका उम्मेदवार अर्जन थापा, फोरमकै केन्द्रिय सदस्य राजकुमार राई, नेपाली कांग्रेस धनकुटाका अध्यक्ष अग्नीप्रसाद पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) धनकुटा अध्यक्ष कुमारबहादुर थापा, नेपाली कांग्रेस धनकुटाका सचिव विजयसन्तोषी राई लगायतले महालक्ष्मी नगरपालिकाको विकासका लागि संयुक्त लोकतान्त्रिक गठबन्धनको जित आवश्यक रहेको बताए ।

उनीहरुले महालक्ष्मी नगरपालिकाका सबै वडाहरुमा मोटर बाटो पु¥याउने, खानेपानीको सेवा .उपलब्ध गराउने, वेरोजगार युवाहरुलाई रोजगारी सिर्जना गरी रोजगारमुलक बनाउने, अपाङ्ग, महिला, वृद्धवृद्धालाई दिँदै आएको सामाजिक भत्तलाई बृद्धि गर्ने आदी कामका लागि लोकतान्त्रिक गठबन्धनलाई जिताउनुपर्ने बताए ।

संयुक्त लोकतान्त्रिक गठबन्धनले आजै महालक्ष्मी नगरपालिकाको जितपुर बजारमा कार्यकर्ता भेला र संयुक्त बैठक सम्पन्न गरेको छ । सो कार्यकर्ता भेला तथा संयुक्त बैठकमा जिल्लामा जसरी पनि लोकतान्त्रिक गठबनधनका उम्मेदवारलाई विजयी बनाउनुपर्ने भएकाले सोही अनुसार लाग्न निर्देशन समेत दिइएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...