नेपाल र चीन जोड्ने रेलमार्ग निर्माण सम्भव हुने
काठमाडौं । नेपाल र चीन जोड्ने रेलमार्ग निर्माण सम्भव हुने भएको छ ।
चीनको नेसनल रेलवे एडमिनिस्ट्रेसनका उपमन्त्री चेङ जियान नेतृत्वको २३ सदस्यीय टोली सम्भाव्यता अध्ययन गरेर शुक्रबार नै बेइजिङ फर्किको छ । सो टोलीले सो रिपोर्ट चीन सरकारलाई पेश गर्नेछ ।
चीनबाट आएको अध्ययन टोलीले चीन नेपाल जोड्ने रेलमार्ग निर्माण गर्न कुनै कठिनाई नहुने निष्कर्ष निकालेको हो । सो टोलीले केरुङ–काठमाडौं, काठमाडौं–पोखरा र काठमाडौं–लुम्बिनी रेलमार्ग सम्भव रहेको प्रारम्भीक रिपोर्ट दिएको छ ।
चिनियाँ टोलीले तीन वटै मार्गमा केही भौगर्भिक समस्या औंल्याएको छ । सो टालीले दुई प्लेट आपसमा रगडिँदा रेलमार्गको सुरुङमा समस्या आउने निष्कर्ष निकालेको छ । चीनसँग जस्तोसुकै भूगोलमा पनि रेलमार्ग र सडक निर्माण गरेको अनुभव छ ।
प्रतिकृया दिनुहोस