पूर्वसभामुख नेम्वाङसँग भिड्दै ७८ वर्षीय वृद्ध
इलाम । मंसिर २१ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा इलाम क्षेत्र नं २ बाट एकजना वृद्धले उम्मेदवारी दिए ।
चुलाचुली गाउँपालिका–३ हात्तीढुंगेका ७८ वर्षीय दलबहादुर राई राष्ट्रिय जनता पार्टीका तर्पmबाट पूर्वसभामुख सुवास नेम्वाङसँग चुनाव लड्दै छन् । उक्त क्षेत्रमा पूर्वराज्यमन्त्री केशव थापा नेपाली काँग्रेसबाट उम्मेदवार रहेका छन् ।
जिल्लाका उम्मेदवारमध्ये सबैभन्दा ज्येष्ठ नागरिक राई नै रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ‘ज्येष्ठताका आधारमा मैले चुनाव जित्छु’, राईले भने ।
राईका प्रमुख प्रतिस्पर्धी नेम्वाङ उनी भन्दा १४ वर्ष तथा थापा २० वर्ष कान्छा छन् । यस्तै, क्षेत्र नं २ को प्रदेशसभा क मा उम्मेदवारी दिएका संघीय समाजवादी फोरम नेपालका बखतबहादुर आङ्देम्बे पनि ७० वर्ष पुगेका छन् । उनी १५ वर्ष कान्छो उम्मेदवार नेकपा एमालेका राम राना तथा राप्रपाका ३१ वर्षीय नसिप राईसँग प्रतिस्पर्धा गर्दै छन् ।
प्रतिकृया दिनुहोस