छुरा प्रहारबाट घाइते विद्यार्थीको मृत्यु

सुनसरी । धरान उच्च मा. वि. मा पढ्ने विद्यार्थीमाथि छुरा प्रहार हुँदा घाइते बनेका विप्लव पराजुलीको मृत्यु भएको छ ।

घाइतेको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

धरान–१६ का वडाध्यक्ष दिलकुमार गिरीका अनुसार उनको उपचारको क्रममै मृत्यु भएको हो ।धरान–१६ का विप्लव पराजुली माथि आक्रमणपछि छुरा प्रहार भएको थियो ।

छुरा प्रहार गर्ने रवि सिंहलाई प्रहरीले पक्राउ गरिसकेको छ । दुवैजना धरान उच्च मा. वि. मा कक्षा ११ मा पढ्दै आएको र कलेजबाट निस्किने बित्तिकै सिंहले छुरा प्रहार गरेको प्रहरीको भनाइ छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...