दाङमा ८ महिला चुनावी मैदानमा

दाङ । मंसिर २१ गते हुनगइरहेको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनमा प्रत्यक्षतर्फ दाङबाट ८जना महिला चुनावी मैदानमा उत्रिएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय दाङका अनुसार प्रतिनिधि सभा सदस्यमा ४ र प्रदेश सभा सदस्यमा ४ गरी जम्मा ८ जना महिला चुनावी मैदानमा उत्रेका हुन् ।

यसरी चुनावी मैदानमा उत्रिनेमा प्रतिनिधि सभा सदस्यका लागि दाङ क्षेत्र नं १ बाट नेपाली काँग्रसबाट सुशीला चौधरी, प्रतिनिधि सभा सदस्यका लागि सोही क्षेत्रबाट नेकपा मालेबाट रेखा केसी, दाङ क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यका लागि मंगोल नेशनल अर्गनाइजेसन पार्टीबाट दिलमाया बुचा र प्रतिनिधि सभा सदस्यका लागि दाङ क्षेत्र नं ३ बाट राष्ट्रिय जनमोर्चाबाट कमला जिसी चुनावी मैदानमा उत्रिनु भएको हो ।

त्यसैगरी, प्रदेश सभा सदस्यका लागि दाङ क्षेत्र नं १ क बाट नेकपा ९माले०का सविता जिसी पाण्डे, दाङ क्षेत्र नं २क बाट राष्ट्रिय जनमुक्ति पार्टीका आशा नेपाली, क्षेत्र २ क बाट नै नयाँशक्ति पार्टीका पद्मा बानियाँ र दाङ क्षेत्र नं ३ क बाट राष्ट्रिय जनमुक्ति पार्टीका लिला पहाडी चुनावी प्रतिष्पर्धामा रहेकी छन् ।

दाङमा प्रतिनिधि सभा सदस्यका लागि चार महिलासहित जम्मा ३० जना उम्मेदवार प्रतिष्पर्धामा रहेका छन् भने प्रदेश सभा सदस्यका लागि पनि ४ महिलासहित जम्मा ५१ जना उम्मेदवार प्रतिष्पर्धामा रहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...