सम्बृद्ध नेपाल निर्माणका लागि बाम गठबन्धन : ओली
काठमाडौँ । एमाले अध्यक्ष ओलीले लोकतन्त्रबारे कांग्रेसले कम्युनिष्टहरुसँग जोडेर फैलाएको भ्रम गलत भएको भन्दै बाम गठबन्धन सम्बृद्ध नेपाल निर्माणका लागि नै बनाइएको बताए ।
अध्यक्ष ओलीले लोकतन्त्रका लागि आधा शताब्दीसम्म सघर्ष गर्नेहरुबाटै लोकतन्त्र खतरामा छ भनेर प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रमको खेती गर्ने गरेको बताएका छन् ।
नेकपा एमाले काठमाडौँ निर्वाचन क्षेत्र नं ४ को आयोजनामा बिहिबार बिहान भएको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्री देउवा र उनको पार्टी भ्रमको खेती गर्न लागेको भन्दै नेपाली जनता अब त्यस्ता भ्रमका पछि नलाग्ने दाबी पनि गरे ।
उनले भने ‘उहाँ देउवा को मुखमा दुधभात जावस् हामी प्रतिपक्षमा बस्दैनौँ, निर्वाचनपछि हामी सरकारमै बस्छौ बस्ने हो, त्यसबेला तपाई नै प्रतिपक्षमा बस्नुस्, सकिनुस् ।’
‘हामी लोकतन्त्रका लागि लडेका हौ, पिठ्यु फर्काएर भागेका हैनौ, हामी लोकतन्त्रका लागि आधा सताव्दी लड्दा भुमिगत भएर बस्नेले हामीबाटै लोकतन्त्र खतरा छ भन्नु कति हास्यासपद हो । हामी लोकतन्त्रका लड्दा बेलायतमा पिज्जा खाएर बस्नेहरुले अहिले लाकतन्त्रको चिन्ता गर्न सुहाउदैन । ’
फरक प्रशंगमा अध्यक्ष ओलीले प्रधानमनत्री देउवालाई चटकेको संज्ञा पनि दिए । भने ‘नेपालजस्तो पुन्य र ज्ञान भुमिमा चटकेले शासन गरिरहेका छन् । यो कति सुहाएको छ तपाएहरु नै मुल्यांकन गर्नुस ।’
ओलीले अव स्मार्ट भिलेज बनाउन स्मार्ट नागरिक हनुपर्ने भन्दै त्यसका लागि बाम गठबन्धनले अघि सारेका योजना कार्यन्वयन गर्न जरुरी रहेको बताए । उनले अव जागरणको युग सुरु भएको भन्दै शहीदहरुका सपना पुरा गर्न र नेपालको सम्बृद्धिमा सवैको साथ जरुरी रहेको बताए ।
कार्यक्रममा नेपालको सवैभन्दा पुरानो पार्टी गोविन्द प्रसाद दुलाल नेतृत्वको नेपाल प्रजापरिषद एमालेमा एकीकरण भएको घोषणा गरिएको थियो ।
प्रतिकृया दिनुहोस