नेपालगञ्जमा आफ्नै कार्यकर्ताले कुटे जनप्रतिनिधि
नेपालगञ्ज । राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ की जनप्रतिनिधि आफ्नै कार्यकर्ताद्वारा कुटिएकी छन ।
नेपालगन्ज उपमहानगरपालिका कार्यपालिका सदस्यसमेत रहेकी ईन्दिरा शाहीमाथि मंगलबार हातपात भएको हो ।
पीडित इन्दिराका अनुसार मंगलबार राप्रपा पार्टी कार्यालयमा जिल्ला सदस्य विष्णु सिंह ठकुरीले उनमाथि हातपात गरेका हुन । राप्रपाको जिल्ला महिला संगठनको अधिवेशनको समयमा जिल्लाको नेतृत्वको लागि विष्णु र ईन्दिरा प्रतिस्पर्धी रहेका थिए । इन्दिराको जित निश्चित हुने देखेर खुलेआम मतपत्र र मतपेटिका च्यातेको आरोप विष्णुमाथि छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले घटनामा संलग्न विष्णुलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ ।
प्रतिकृया दिनुहोस