प्रदेश नम्बर ५ को राजधानी कपिलवस्तु बनाउन पहल गर्छु : बलदेव

कपिलवस्तु । बुधबार कपिलवस्तुको बाणगंगामा चुनावी अभियानका लागि क्षेत्रीय कार्यलयको उद्घाटन गर्दै बामगठबन्धनबाट कपिलवस्तु १ मा प्रतिनीधिसभाका लागि उम्मेदवार चन्द्रप्रसाद खनाल बलदेवले आफुले चुनाव जिते कपिलवस्तुलाई प्रदेश राजधानी बनाउन पहल गर्ने बताएका छन ।

प्रदेश नम्बर ५ को दाङ र बुटवल कहाँ प्रदेश राजधानी बनाउने भन्ने विषयमा राजनीतिक दलहरु विभाजित भएका बेला नेता खनालले यी दुई ठाँउको बिचमा पर्ने कपिलवस्तुमा प्रदेश राजधानी बनाउन पहल गर्ने बताएका हुन ।

खनालले कपिलवस्तु जिल्लाको विकास तथा मधेशका मुद्धाका लागि आफुले पुरै पहल गर्ने बताए । उनले बामगठबन्धनको जित निश्चित भएको भन्दै अब चुनावबाट अनुमोदन गर्न मात्र बाँकी रहेको बताए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...