शेर्पा र पुनको सहयोग पछि रमाए राउटे

काठमाडौँ । जाडोबाट बच्नको लागि सरकारसंग केहि सहयोग माग्न काठमाडौँ आएका राउटेहरुलाई युवा पर्यटन व्यवसायी तथा माओवादी केन्द्रका युवा नेता टासीलाक्पा शेर्पाले सहयोग गरेकाछन् ।

सरकारले राउटेहरुलाई भेट्ने समय नदिएपछि बिलखबन्दमा परेका राउटेहरुलाई शेर्पाले भेटेर सहयोग गरेका हुन् । राउटेहरुलाई उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलेसमेत सहयोग गरेकाछन् ।

जंगलमा बस्ने, घुमफिर गर्ने र जंगलमै शिकार गर्ने राउटेहरुलाई जाडोले सताएपछि न्यानो कपडाको जोहो गर्न उनीहरु सरकारसंग बिन्ति बिसाउन बालुवाटारको गेट पुग्दा सरकारले भेट्ने समय नदिएको उनीहरुको गुनासो छ ।

सरकारले भेट्न नमाने पछि सहयोगको आशामा त्यतिकै भौतारीएका उनीहरुलाई दिपेश पुन र टाशीलाक्पा शेर्पाले न्यानो कपडाको बन्दोबस्ती मात्र गरीदिएनन् काठमाडौंमा बस्ने, खाने र आउने जानेको समेत व्यवस्था मिलाई दिए । कात्तिक महिनाको जाडो राउटेहरुको राम्ररी आङ ढाक्नेसम्मको कपडासमेत थिएन् ।

जसले गर्दा उनीहरुलाई जाडो थेग्न समेत मुस्किल भएको थियो । काठमाडौँमा बस्ने बाँस र एकगाँस राम्रोसंग खानेसमस्याबाट रुमलिएका उनीहरुलाई पुन र शेर्पाको सहयोगले बचाएको थियो । सरकारबाट ठुलै राहतको पोको लिएर फिरौला भनेर राउटेहरुले बच्चा, केटाकेटी र राउटेनीहरु लाई आशा पनि देखाएका थिए ।

तर,उनीहरुको आशा निराशामा परिणत भयो । पश्चिमबाट काठमाडौँ आएको राउटेहरुको समूहलाई टाशीलाक्पा शेर्पा र पुनले कम्बल, ब्लाङ्केट, ज्याकेट र बन्दोबस्तीका सामान दिएर बिदाइ गरे ।

त्यसैगरी आगोमा परेर घाईते भएका राउटेका राजाका छोरा कपिललाईसमत शेर्पाले काठमाडौँ झिकाएर उपचारको सम्पूर्ण व्यवस्था गरीदिएकाछन् । जसले गर्दा बर्षोपछि जंगलबाट काठमाडौँ आएका राउटेहरुलाई सरकारले सहयोग नगरे पनि उनीहरुबाट सहयोग मिलेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...