अमला र अम्बा सम्पदा गार्डेनको बिशेषता

काठमाडौँ । तपाँई यतिबेला काठमाडौको कोलाहलमा हुनुहुन्छ ? अनि तपाँईको मनले शान्त र आरामको खोजी गरी रहेको छ ? तर, तपाईले त्यस्तो शान्त र आरामदायी ठाँउको मेसो पाउँन सक्नु भएको छैन ? अहिले राजधानीमै त्यस्तो आरामदायी र शान्त ठाउँको महुशुस दिलाउने गरी काठमाडौँको लाजिम्पाटस्थित सम्पदा गार्डेन होटल खुलेको छ ।

लाजिम्पाटको एभरेष्ट बैंकको अपोजिटमा तपाँईले गार्डेनसहितको मनोरम सम्पदा गार्डेन पुगेर असिम आनन्द लिन पाउनुहुने छ । सडक नजिकै भएर पनि तपाँईले त्यस्तो कुनै कोलाहल महसुश गर्न पाउनु हुने छैन् । तपाँइलाई महसुश हुने छ आनन्दको । गार्डेमा बसेर तातो कफि,चिया वा चिसो पिउने र खाँजामा के खाने ? तपाँईको रोजाई अनुसार खानाका परिकार उपलब्ध हुने छ ।

फराकीलो गार्डेन नजिकै गाडि र मोटर साईकलको राम्रो पार्कीङको प्रवन्ध छ । गार्डेनमा तपाँई हरियालीमा रमाउन त सक्नु हुन्छ नै त्यसका अलबा यसरी पयलपुर पाकेका लटरम्ब अम्वा आफै टिपेर पनि खान सक्नुहुने छ । अम्बाको बोटमा अम्बा ठुङ्न आएका चिरिबिरी कराउने चराको लुकामारीले थप तपाँईलाई रोमान्चक त बनाउछ नै ।

त्यसै गरी भिटामीन सी भनेर चिनिने लटरम्ब फलेका यस्ता अमलाले तपाँईको ध्यान आफूतिर खिचिरहेको हुन्छ । तपाँइले अमला टिपेर खान सक्नु हुन्छ । अमलाका बोटहरुले यस गार्डेनको शोभा बडाएको छ । त्यसैगरी हलुवीबेदले पनि यस सम्पदा गार्डेनको शोभा बडाएको छ ।

धुलो धुवाबाट मुक्ति पाउन र मनलाई एकछिन भए पनि शान्त ठाउँमा बहलाउन युवायुवतीहरु र परिवारका सदस्यहरु यहाँ पुग्ने गछर्न । तपाँईले खानपिनको लागि अन्यत्रको भन्दा सस्तो मेनु यहाँ पाउनु हुने छ भने खानाका नयाँ नयाँ परिकारको पनि स्वाद चाख्न पाउनु हुनेछ ।

गार्डेनमा बसेर हरियालीको अवलोकन गर्ने हो की भित्र बसेर भलाकुसारी गर्ने हो रोजाई तपाँइमा भर पर्छ । सम्पदा गार्डेनका सञ्चालक कुमार अधिकारी यहाँ आउने ग्राहकले खल्लो महुसुश गर्न नपर्ने बताए । आफ्नो ब्यस्त समयका बाबजुद थकान महसुश गरेर आएका धेरै ग्राहकहरु यहाँबाट भरपुर सन्तुष्टि लिएर फर्किएको बताए ।

त्यसो त सम्पदा गार्डेन होटलमा बस्नको लागि स्वदेशी तथा बिदेशी पाहुँनाको लागि गुणस्तरीय सुविधा पनि छ । शान्त वातावरण भएकाले यहाँ बस्न आउन रुचाउनेको संख्या पनि बढ्दै गएको सञ्चालक पासाङ शेर्पा बताउनु हुन्छ । यस गार्डेनमा कुनै पनि संस्था वा बिभिन्न कार्यक्रम गर्नको लागि उचित प्रबन्धसहितको हलको पनि व्यवस्था छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...