बाटोमा भेटिएको बम सेना द्धारा निष्क्रिय  

 

पाँचथर । फिदिम नगरपालिका २ स्थित पल्लोटार जाने बाटोमा भेटिएको बम नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले बुधबार निष्क्रिय पारेको छ ।

पल्लोटार जाने बाटोमा महेश तिम्सिनाको घरअघि भेटिएको बम सो टोलीले निष्क्रिय पारिएका हो । शंका लागेपछि स्थानीयवासीले बुधबार बिहान ५ः४५ बजे प्रहरीलाई खबर गरेका थिए । प्रहरी र सेनाको टोलीले घरमा प्रयोग गरिने जगमा जोडिएको वस्तु बम भएको पुष्टि गर्दै निष्क्रिय पारेका हुन् ।

प्रतिकृया दिनुहोस