एम्बुलेन्स दुर्घटनामा चालकको निधन

Accident

नुवाकोट । तादी गाउँपालिका ४ सुन्दरादेवीको बाह्रबीसेमा गए राति एम्बुलेन्स दुर्घटना हुँदा मकवानपुर मनहरि घर भएका चालक सन्दीप भारतीको मृत्यु भएको छ ।

समुद्रटारबाट काठमाडौँ जान लागेको कान्तिपुर डेण्टल जनरल हस्पिटल काठमाडौँको बा १६ च ८९७ नंं को एम्बुलेन्स दुर्घटना हँुँदा मनहरि ज्यामिरेका एम्बुलेन्स चालक २४ वर्षीय भारतीको घटनास्थलमा नै मृत्यु भएको नुवाकोट प्रहरीले जनाएको छ ।

एम्बुलेन्स दुर्घटना भएर सडकबाट करीब ५० मि तल पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधुकरजंग विष्टले जानकारी दिए । दुर्घटनामा ज्यामिरेका राजकुमार अधिकारी र अरुणप्रसाद अधिकारी सामान्य घाइते भएका छन् ।

उनीहरुको टाउकोलगायत अन्य ठाउँमा चोट लागेको छ । एम्बुलेन्स दुर्घटना भएलगत्तै स्थानीयवासी र प्रहरी उद्धारका लागि घटनास्थल पुगे पनि उनीहरु सम्पर्कविहीन भएको र आज बिहान ९ बजे प्रहरी चौकी समुद्रटारको सम्पर्कमा आएको प्रहरीले जनाएको छ ।

कान्तिपुर डेण्टलमार्फत सञ्चालनमा रहेको एम्बुलेन्स समुद्रटारलगायत स्थानमा अस्पतालको सेवा प्रचार गर्न आएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...