राप्रपाको घोषणा पत्र : राजासहितको प्रजातन्त्र

Rpp 21

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनावी घोषणा पत्रमा राजा सहितको प्रजातन्त्र रहने भएको छ ।

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा जनताको अभिमत संकलनका लागि मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक घोषणापत्रमा संवैधानिक राजसंस्थालाई निरन्तरता सहितको परिवर्तनका रुपमा समावेश गरिन लागेको हो ।

पार्टीले स्थापनाकालदेखि नै हिन्दू राष्ट्र, संवैधानिक राजसंस्था र एकात्मक राज्य प्रणालीको विषयलाई दीर्घकालीन कार्यदिशा बनाएको थियो ।

‘राष्ट्रियता, सनातन धर्म, राजसंस्था सहितको लोकतन्त्र, सुदृढ स्थानीय स्वायत्त शासन प्रणाली, असंलग्न परराष्ट्र नीति र सामाजिक न्याय तथा समावेशी सिद्धान्तलाई पार्टीको वैचारिक आधारस्तम्भका रूपमा आत्मसात गरिएको छ,’ राप्रपाको घोषणापत्रमा लेखिएको छ।

राप्रपाले सनातन धर्मसापेक्ष हिन्दूराष्ट्र पुर्स्थापना गर्ने एजेण्डलाई प्राथमिकता दिएको छ। ‘हामी सबै धर्मका बीचमा समानता र पूर्ण धार्मिक स्वतन्त्रता सहितको नेपाली पहिचानको रुपमा सनातन धर्मसापेक्ष हिन्दु राष्ट्र पुनर्स्थापना गर्छौं,’ घोषणापत्रमा लेखिएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...