आचारसंहिता उल्लघंन उम्मेदवार बजगाईंद्वारा चुनावी प्रचारका लागि हेलिकोप्टर प्रयोग

कात्तिक । निर्वाचन आचारसंहिता बिपरित गोरखा निर्वाचन क्षेत्र नम्वर १ को प्रदेश ख का उमेदवार राजेन्द्र बजगाईं चुनावी प्रचारका लागि हेलिकोप्टर चढेर उत्तरी गोरखाको सामागाउँ पुगेका छन् ।

चुनावी प्रचार प्रसारका लागी हेलिकोप्टर प्रयोग गर्न निर्वाचन आयोगसँग अनुमति लिनुपर्ने प्रावधान छ । तर बजगाईंले आयोगको अनुमति बेगर आफूखुशी हेलिकप्टर प्रयोग गरेका छन् ।

उनीसहित प्रदेश सभाका समानुपातिक उमेदवार एवं नेपाली कांग्रेस गोरखाका सभापति हरि बहादुर घले दुइ वटा हेलिकप्टर लिएर उत्तरी गोरखा सामागाउँ पुगे ।

स्थानीयसँग भेटघाट गरी चुनाव प्रचार प्रसार गरेर अन्य केही ठाउँमा पनि पुगेको स्थानीयहरुको भनाइ छ । काठमाडौको सांग्रिला क्यासिनोका संचालक समेत रहेका बजगाईं राजनितिज्ञ भन्दा बढी व्यापारी हुन् ।

उनले आफू हेलिकोप्टरमा सामागाउँ नगएको दावी गरे । उनले भने, ‘बिरोधीहरुले पहिलेको तस्वीर राखेर हल्ला फिाजाए छन् । म अहिले शिक्षण अस्पतालमा भीमसेन गाउँपालिकाका घाइते कार्यकर्तासँग छु ।’

कांग्रेस जिल्ला सभापति हरि घलेले भने आफू हेलिकप्टर चढेर सामागाउँ हुँदै बारपाक पुगेर बिरामी आमालाई उपचारका लागि काठमाडौं ल्याएको बताए । उनले यात्रामा राजेन्द्र बजगाईं आफूसँग नरहेको दावी गरे ।

आचारसंहिता उल्लघंन विपरित चुनावी प्रचारमा हेलिकप्टर प्रयोग गरेको भन्दै बजगाइ र घले बिरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमवार उजुरी परेको छ ।

एमालेले छुट्टाछुट्टै उजुरी दिएको मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले बताए । उजुरी परेसँगै अनुमति लिएर हेलिकप्टर प्रयोग भए नभएको बारे उमेदवार सँग लिखित जवाफ मागेको उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...