रासायनिक मलको समुचित प्रयोगबारे जानकारी दिन तालिम
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनले रासायनिक मलको समुचित प्रयोगका बारेमा कृषक तथा सहकारी संस्थालाई जानकारी दिन शुरु गरेको छ ।
यसका लागि कर्पोरेशनले भारतको साई मल उद्योगको सहकार्यमा विराटनगर, इलाम, जनकपुर, वीरगञ्ज, भरतपुर, भैरहवा, दाङ, कृष्णनगर, नेपालगञ्ज, धनगढी, महेन्द्रनगर लगायतका स्थानमा आजदेखि तालिम सञ्चालन गर्ने जनाएको छ ।
काठमाडौं, नुवाकोट, धादिङ, ललितपुर, भक्तपुर, काभ्रेमा आइतबारदेखि तालिम सञ्चालन शुरु भएको कर्पोरेशनका व्यवस्थापक ब्रजेश झाले बताए। तालिममा साई मल उद्योगका विज्ञ विश्वरुप बोस, माटो विज्ञ इन्द्रबहादुर ओली र कर्पोरेशन विज्ञ भगवान् खतिवडाले रासायनिक मलको समुचित प्रयोगका बारेमा विस्तृत जानकारी दिनेछन् ।
साल्ट ट्रेडिङ कर्पोरेशनले रासायनिक मलको बिक्री वितरण गर्दै आएको छ ।
प्रतिकृया दिनुहोस