सञ्चारमन्त्री बस्नेत भन्छन्, विकासमा सहयोग गर्ने बानी गर्नुस्

Basnet

चौतारा । सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले मसिंर १० मा हुने प्रतिनिधिसभाका आफ्ना प्रतिस्पर्धी अग्निप्रसाद सापकोटालाई जनताको विकासमा सहयोग गर्ने बानी बसाल्न सुझाव दिएका छन् ।

आइतवार जुगल गाउँपालिका–५ ढाँडेमा आयोजित चुनावी सभामा सञ्चारमन्त्री बस्नेतले सिन्धुपाल्चोकमा बाम गठबन्धनले विकासको कामलाई गति दिन नससकेकाले विाकासका काममा सहकार्य गर्न पनि आग्रह गरे ।

देश निर्वाचनमा होमिएको बेला बाम गठबन्धनको नाममा लोकतन्त्र खतरामा पर्न सक्ने आरोप पनि लगाए । देशलाई एकतन्त्रिय अधिनायकवाद शासन लागु गराउने खतरा बढेकाले लोकतन्त्र जोगान आवश्यक रहेको उनले बताए । मन्त्री बस्नेतले भने ‘नेपालमा कम्युनिष्ट शासन आए लोकतन्त्र नै खतरामा पर्ने भएकोले आउँदो मसिंर १० को प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पद्धतिलाई विश्वास गरेर मतदान गर्न आग्रह गरे ।

विकासको मुहार नदेखेका यस क्षेत्रका जनतालाई समृद्ध बनाउन आफूले अहिलेसम्म कसैले नल्याएका विकासका वहार ल्याउने प्रतिबद्धता जनाए । मन्त्री बस्नेतले पाँच वर्षभित्र गाउँमा मात्र होइन, घरघरमा मोटरबाटो, खानेपानी, स्वास्थ्य र शिक्षाको पहुँच दिलाउने प्रतिबद्धता जनाए ।

कार्यक्रममा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नयाँ शक्ति पार्टी नेपालका सयौँ कार्यकर्तालाई कांग्रेस प्रवेश गरेका थिए । उनीहरुलाई सञ्चारमन्त्री बस्नेतले टीका र खादा लगाएर स्वागत गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...