एराप्रपा र नेका (बिपी) बीच बन्यो नयाँ गठबन्धन

Cp lohani

काठमाडौं । डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) र नेपाली कांग्रेस (बिपी) बीच राष्ट्रवादी प्रजातान्त्रिक गठबन्धन बनेको छ ।

नयाँ गठबनधनमा मिलेको नेपाली कांग्रेस (बिपी) ले आफ्नो पक्षको समानुपातिक मत एराप्रपा (राष्ट्रवादी) चारकुने हलोमा दिने डा. लोहनीद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

आइतवार भएको सहमतिअनुसार एराप्रपाले काठमाडौं क्षेत्र नं १ मा प्रतिनिधिसभा उम्मेदवार हरिबोल भट्टराईलाई मतदान गर्ने भएको छ । भट्टराई नेका (बिपी) का सभापति पनि हुन् ।

आगामी मंसिरमा हुने चुनावपछि दुबै पार्टी एकीकरण गरी बृहत्तर राष्ट्रवादी प्रजातान्त्रिक पार्टी निर्माण गर्ने विषयमा पनि सहमति भइसकेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...