नवलपुरका ३ बालक ७ दिनदेखि वेपत्ता
चौतारा । सिन्धुपाल्चोकको ईन्द्रावति गाउँपालिका ४ मुलेका ३ बालक ७ दिनदेखि वेपत्ता भएका छन् ।
वेपत्ता हुनेमा स्थानीय मिङ्मार तामाङका छोरा वर्ष १३ का राजन तामाङ , छिरिङ लामाका दुई छोरा वर्ष १४ का सुजन लामा र वर्ष १२ का रोहन लामा छन् ।
बाबु मानसिक समस्याका कारण अस्पतालमा भर्ना भएको र आमाले अर्को विवाह गरेपछि रोहन र सुजन काकासँगै बस्दै आएका थिए । रोहन ६, सुजन ७ र राजन ९ कक्षामा नवलपुर माविमा अध्ययनतर छन् ।
कार्तिक १३ गते बिहान ९ बजे खाना खाएर स्कुल गएका ३ जना टिफिन टाइममा स्कुलबाट हिडेका थिए । राजनकी आमा कालि तामाङका अनुसार ३ जनाले नै छिमेकी विबाई तामाङको बारीको लप्सि टिपेर बेच्दै आएका थिए । सोही दिन लप्सी बेचेर फर्किएका उनीहरु १ हजार ५० रुपैयाँ हराएको भन्दै खोज्न घरबाट निस्किएका थिए । त्यसयता उनीहरु सम्पर्कविहीन भएका हुन् ।
७ दिनदेखि उनीहरु सम्पर्कमा नआएपछि राजनकी आमाले बेपत्ता बालक खोजि दिन आइतवार जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा निवेदन दिएकी छन् । बालक हराएको सुचना दिएपछि खोजी कार्य प्रारम्भ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख मोहन पोख्रेलले बताए ।
प्रतिकृया दिनुहोस