पूर्व मुख्यसचिव क्षत्रीलाई लियो अख्तियारले बयान, आईजीपी अर्यालमाथि छानविन सुरु
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व मुख्यसचिवसहित ३ जनालाई बयान लिएको छ भने आईजीपी अर्यालले पदीय दुरुपयोग गरी झण्डै ५ करोड रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको दाबीसहित परेको उजुरीमा अख्तियारले छानबिन सुरु गरेको हो ।
विद्युत प्राधिकरणको ट्रान्स्र्फमर खरिद प्रकरणमा सलंग्न रहेको आरोपमा अख्तियारले पूर्वमुख्यसचिव राजेन्द्रकिशोर क्षत्री, पूर्वसचिव विश्वप्रकाश पण्डित र सचिव अर्जुनकुमार कार्कीलाई बयान लिएको हो ।
चीन र थाइल्याण्डका सहवन्त इलेक्ट्रिक कम्पनीबाट खरिद गरिएका विद्युत टान्सफरमरको मध्यस्तकर्ता नियुक्तिमा झन्डै ३ करोड रुपैयाँ भ्रष्टाचार भएको भन्दै परेको उजुरीमा छानबिनका लागि उनीहरुसँग बयान लिइएको हो । उनीहरुविरुद्ध अख्तियारले ट्रान्सर्फमर खरिदमा अनियमितता भएको ठहर गर्दै अख्तियारले भदौ ०७० मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
अख्तियारले बयान लिएका क्षत्रीले हालै मुख्यसचिवबाट अवकास पाएका थिए भने कार्की बहालवाला सचिव हुन् । अख्तियारल प्राधिकरणका तत्कालीन बोर्ड सदस्य सन्तोष नारायण श्रेष्ठ, लक्ष्मणप्रसाद अग्रवाल लगायतका सदस्यसँग पनि बयानको तयारी भएको छ ।
प्रतिकृया दिनुहोस