किन गरियो मञ्चमै डा. महतमाथि आक्रमणको प्रयास ?
काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिँदै गर्दा अधिकांस राजनीतिक दलहरु जनमत बटुल्न जनतामाझ पुगेका छन् । कतिपय नेताहरुले विगतमा राम्रा काम नगरेपछि जनता आक्रोसित बन्ने गरेका छन् ।
त्यही जनताको आक्रोसमा परेका छन् नेपाली कांग्रेसका प्रभावशाली नेता डा. रामशरण महत । उनलाई नुवाकोट ककनीमा शनिवार आफ्नै कार्यकर्ताहरुले आक्रमण गरेर डा. महतमाथि आक्रोस व्यक्त गरेका छन् ।
नुवाकोटको ककनीमा आयोजित चुनावी सभामा डा. महत बोलिरहेका बेला कार्यक्रममा सहभागी कार्यकर्ताहरुले आक्रमणको प्रयास गरेका हुन् । कार्यकर्ताहरुल आक्रमणको प्रयास गरेपछि डा. महतलाई उनका सुरक्षाकर्मीहरुले थप आक्रमण हुनबाट रोकेका थिए ।
डा. महत पटकपटक मन्त्री बनेको र मन्त्री बन्दा पनि जिल्लामा केही काम नगरेको भन्दै जिल्लामा आक्रोस बढेको छ । त्यही आक्रोस पोख्न सभामा सहभागी कार्यकर्ताहरुले महतमाथि आक्रमणको प्रयास गरेका थिए ।
महत बोलिरहँदा केही कार्यकर्ताहरुले होहल्ला गर्दै आक्रमण गर्न खोजेका थिए । तर, डा. महतको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले आक्रमणको प्रयास गर्नेलाई कार्यक्रम स्थलबाट बाहिर निकालेका थिए ।
प्रतिकृया दिनुहोस