बागी फिर्ता नभए कारबाही गर्ने एमालेको चेतावनी
काठमाडौँ । एमालेले पार्टीलाई असहयोग हुने गरि दिइएको बागी उम्मेदवारी फिर्ता नगरे कारबाही गर्ने चेतावनी दिएको छ ।
एमाले अनुशासित पार्टी भएको भन्दै सबैले आआफ्ना असन्तुष्टि तथा गुनासाहरूलाई पार्टीमा राख्न पाउने व्यवस्था विधानको रहेको केन्द्रीय अनुशासन आयोग प्रमुख अमृतकुमार बोहराले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
पार्टीमा सबैले आफ्नो इतिहास र योगदानलाई ख्याल नगरी यो निर्वाचन नै अन्तिम निर्वाचन जस्तो ठानी पार्टीको विधि, पद्धति, प्रक्रिया र अनुशासनलाई उल्लंघन गर्ने आवेगपूर्ण कार्य कही कतैबाट नहोस् भनी आयोग विनम्रताका साथ सबैलाई सचेत गराउन चाहन्छ ।
अन्यथा पार्टी विधानको पालना र सम्मानको निमित्त आयोग अन्तिम निर्णयमा जान बाध्य हुने व्यहोरा समेत जानकारी गराउँदछौं’, विज्ञप्तिमा भनिएको छ ।
प्रतिकृया दिनुहोस