बाजुरामा जिप दुर्घटना ३ मृत्यु

Acedent

बाजुरा । केआइसिंह गाउँपालिका वडा नं ३ देउरालीमा शनिबार जिप दुर्घटना हुँदा ३जनाको घटनास्थलमै मृत्यु भएको छ ।

केआइसिंह गाउँपालिका टिखातरबाट दिपायलका लागि छुटेको से१ज २०६५ नं को जिप दुर्घटनामा दुईजना पुरुष र एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन् ।

उद्धारका लागि प्रहरी टोली र भौतिक तथा यातायात मन्त्री वीरबहादुर बलायरसहितको टोली घटनास्थलतर्फ गएको छ ।
घटनाको पूर्ण विवरण आउन बाँकी छ ।

 

प्रतिकृया दिनुहोस