ढकाललाई दियो एमालेले उच्च प्राथमिकता
काठमाडौं । आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा वाम गठबन्धनसँग एलाइन्स गरेका नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिक सुचीको उच्च प्राथमिकतामा परेका छन् ।
नेकपा एमालेले खस आर्यको कोटामा आफ्ना ४ जना स्थायी कमिटिका नेताहरुपछि अध्यक्ष ढकाललाई समावेश गरेको छ । योसँगै ढकाल सास्.द बन्ने पक्कापक्की भएको छ ।
परिवार दलले प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा २०७४ मा सो दलले नेकपा एमालेसँग चुनाबी गठबन्धनको लागि तिन बुदे सहमति गरेको थियो । २० असोजमा भएको सहमतिअनुसार नै एमालेले ढकाललाई समानुपातिक सुचीमा प्राथमिकतामा राखेको हो ।
नेपाल परिवार दलले राष्ट्रियता, विकास, संविधानको कार्यन्वयन, शान्ति र लोकतन्त्रको खातिर राष्ट्रवादी र विकासमैत्री शक्तिबीच निर्वाचनमा सहकार्य गर्ने बताउँदै आएको थियो । पहिले प्रतिनिधि सभामा २ र प्रत्येक प्रदेशमा एक/एक जना उम्मेदवारी पाउनुपर्ने माग एमालेसँग गरेको थियो ।
प्रतिनिधि सभामा एक सिट मात्र परिवार दलले पाए पनि भविष्यमा राज्य संयन्त्रका विभिन्न पक्षमा परिवार दललाई स्थान दिने आस्वासन एमाले दिएको छ । नेपालको राजनीतिमा सबै दलहरु संग सुमधुर सम्बन्ध स्थापित गर्न सफल परिवार दलको विश्व स्तरमा पनि राम्रो सम्पर्क रहेको मानिन्छ । बहुमतको सरकार निर्माण गरि मुलुकमा स्थायित्व, आर्थिक संमृद्धि र सामाजिक सदभाव हासिल गर्न एमालेसंग सहकार्य गरेको अध्यक्ष ढकालले बताए ।
प्रतिकृया दिनुहोस