टेलिफोनको समस्याले स्थानीयवासी हैरान

Telephone

जाजरकोट । यहाँका नगरपालिका र गाउँपालिकामा टेलिफोन सेवा प्रभावकारी नहुँदा स्थानीय बासिन्दा समस्यामा परेका छन् । 

बिहान १० बजे टेलिफोन टावर आउने र ४ बजे टावर जाने हुँदा त्यसपछिका समय फोन सञ्चालन नहुने स्थानीयवासीको गुनासो छ । जिल्लाका त्रिवेणी नलगाड नगरपालिका, वारेकाट गाउँपालिका, कुशे गाउँपालिका, छेडागाड नगरपालिका, शिवालय गाउँपालिका र कुशेगाउँपालिकामा टेलिफोन टावरमा समस्या हुँदै आएको हो ।

टावर सञ्चालन गर्नका लागि राखिएका सौर्य उर्जाले प्रभावकारी काम नगर्दा दैनिक घाम लागेपछि मात्र टावर सञ्चालनमा आउने गरेको हो । टावरमा राखिएका सौर्य उर्जा वर्षा पुराना भएको र मर्मत पनि नहुँदा टावर सञ्चालनमा कठिनाइ भएपछि स्थानीयवासीले पटक पटक नेपाल टेलिकमलाई जानकारी गराए पनि सुनुवाइ भएको छैन ।

काम परेको समयमा टावर नहुँदा दैनिक काम गर्न समस्या भएको त्रिवेणी नलगाड नपा – ८ का हरिबहादुर खत्रीले बताए । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...