भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकार पूर्ण प्रतिबद्धत छ : मन्त्री गिरी

Dilnath giri

काठमाडौँ । सहरी विकास मन्त्री दिलनाथ गिरीले आगामी केन्द्र र प्रतिनिधि सभाको निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्नको लागि सरकार पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालमा पावर नेश्नल न्यूजले आयोजना गरेको ‘एजुकेशन अवार्ड २०१७’ को ‘टप १०’ भित्र पर्न सफललाई अवार्ड प्रमाणपत्र वितरण कार्यक्रममा सम्बोधन गर्दै मन्त्री गिरीले यस्तो विश्वास दिलाएका हुन् ।

दोस्रो चरणको निर्वाचन कार्यतालिका अनुसार भोलि उत्साहजनक तरिकाले नोमिनेशन हुने बताउँदै मन्त्री गिरीहुने बताउँदै मन्त्री गिरीले भने,‘सरकार निर्वचनको भयरहित तरिकामा सम्पन्न गर्नको लागि तयारीमा जुटि रहेको छ, आगामी निर्वाचनलाई शान्तिपूर्ण निश्पक्ष ढंगले सम्पन्न गर्नको लागि सबैलाई आग्रह गर्दछु।’

शिक्षाको क्षेत्रमा पावर न्युजले महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै आगामी दिनमा पनि यस क्षेत्रको विकासमा लाग्नको लागि मन्त्री गिरीले आग्रह गरे ।
कार्यक्रममा डा.उत्तमकृष्ण कर्माचार्यले शिक्षाको विकासमा पावर न्यूजले खेलेको भूमिकालाई मुक्तकण्ठले प्रसंशा गरेका छन्।

नेपाली काँग्रेस धादिङले सर्वसम्मत रुपमा समानुपातिकमा नाम सिफारिस गरेको बताउँदै धमलाले भने,‘मलाई काँग्रेसले धादिङबाट समानुपातिकतर्फ उम्मेदवार बनाएको थियो, हामीजस्ता यूवाहरु समानुपातिकमा गएर बस्न उचित लागेन, त्यस्तै एमालले रौतहट ४ बाट निर्वाचन लड्नको लागि आग्रह गरेको छ, फोरमले सर्लाही ३ बाट निर्वाचन लड्नको लागि आग्रह गरेको थियो तर अहिलेसम्म मैले स्विकार गरेको छैन्।’

उनले अघि थपे,‘म विधिको शासन, लोकतन्त्र, पत्रकारिताको विकास र विस्तारको लागि भूमिका खेलेको छु, अझै सर्वसम्मत रुपमा अघि सारिन्छ भने म अघि बढ्न तयार छु।’

त्यस्तै कार्यक्रमका सभापति माधवराज खरेलले अवार्डको बारेमा प्रकाश पार्दै भने,‘अरु क्षेत्रको जस्तै शिक्षा क्षेत्र विकासको लागि यो अवार्डको आयोजना गरिएको हो, शिक्षा क्षेत्रमा लागेका शिक्षा व्यबसायि, विभिन्न क्याम्पस, स्कुल तथा अध्ययनरत विद्यार्थीहरुलाई शिक्षामा अझै प्रोत्साहित गर्नु यस अवार्डको मुख्य उद्देश्य हो।’

त्यस्तै अर्वाड संयोजक समिर लामाले शैक्षिक अवार्ड २०१७ ईतिहाँसमै पहिलो शैक्षिक अवार्ड भएको दाबी गरे । उनले भने,‘हाम्रो देशमा गीत, संगीत, स्वास्थ्य लगायत अन्य क्षेत्रका विद्याको बारेमा अवार्ड भएका छन्,तर शिक्षाको अवार्ड हुन सकिरहेको थिएन, हामीले त्यो आट गर्यौ, सफल पनि भयो, अवार्डमा ५६ वटा स्कुल छानिएका थिए, त्यस मध्य उत्कृष्ट १० लाई छानेका छौँ, गत भदौ २० गते वितरण गर्न नसकिएका प्रमापत्र आज हामीले बाढेका छौँ, यहि कार्तिक २५ गते सास्कृतिक संस्थान राष्ट्रिय नाचघरमा उत्कृष्ट १० मध्यबाट एउटालाई अवार्ड प्रदान गर्नेछौँ।

पावर न्यूजले आयोजनाको गरेको एजुकेशन अवार्ड–२०१७ को उत्कृष्ट १० मा पर्न सफल विभिन्न विधाका स्कुल तथा कलेजका विद्यार्थीहरुलाई नोमिनेशन अवार्डको प्रमाणपत्र हस्तान्तरण गरिएको थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...