रामेछापको चुचुरेमा उत्पादन भएको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिने
रामेछाप । रामेछाको चुचुरेमा निर्माण सम्पन्न भएको २.८३ मेगावाटको गर्जाङ हाइड्रोपावरबाट उत्पादन भएको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ ।
दुई दिनभित्र विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएकोहो । ४ बर्ष अघि निर्माण कार्य सुरु भएको गर्जाङ हाइड्रोपावर निर्माण कार्य सम्पन्न भएलगत्तै उत्पादन भएको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिन लागेको हो ।
गर्जाड हाइड्रोपावर लिमिटेडका डाइरेक्टर एवं रामेछापका निवर्तमान सांसद आङटावा शेर्पाले रामेछाप न्युजसँग भने, ‘निर्मार्ण कार्य सम्पन्न भएको छ । ३ दिनभित्र उत्पादन गरिएको बिद्युत केन्द्रीय प्रशारण लाइनमा जडान हुन्छ, अन्तिम प्राविधिक काम भइरहेको छ ।’
रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिको चुचुरेस्थित चाके खोलामा निर्माण भएको आयोजनामा स्थानीय प्रभावित बासिन्दालाई दस र सर्वसाधारण गरी वीस प्रतिशत शेयर पाउने भएका छन् ।
डारेक्टर शेर्पाले स्थानीयलाई १० प्रतिशत र सर्वसाधारणको लागि वीस प्रतिशत शेयर दिने बताए । शेर्पाको अनुसार हाइड्रपावर निर्माण गर्न अहिलेसम्म करिब ७० करोड रुपैयाँ खर्च भएको छ ।
स्थानीयवासीको लागि २ लाख कित्ता साधारण सेयर
यस हाइड्रोपावरले स्थानीयवासीको लागि २ लाख कित्ता साधारण सेयर आइपिओ पनिष्काशन गर्ने भएको छ ।
सेयर निष्काशन विक्री प्रबन्धकमा एनआइविएल क्यापिटललाई नियुक्त गरेको छ । धितोपत्र बोर्डमा सेयर निष्काशनको लागि लिमिटेडले ०७३ असोज १४ गते आवेन दिएको थियो । रामेछाप न्युजबाट साभार
प्रतिकृया दिनुहोस