सिरहामा ६ वटा मतदान केन्द्र थप

Mtdan siraha

लहान । आउँदो मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि सिरहामा ६ वटा मतदान केन्द्र थप गरिएको छ ।

गत असोज २ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा ४३१ मतदान केन्द्र कायम भएको सिरहामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ६ वटा मतदान केन्द्र थप गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख इन्दिारा यादवले जानकारी दिए । योसँगै सिरहामा अव मतदान केन्द्रको संख्या ४३६ पुगेको छ ।

यहाँ रहेका मतदान केन्द्रमध्ये एउटा मतदान केन्द्र खारेज गरिएको छ भने स्थानीय तहकै निर्वाचनका बेला कायम भएको २३० वटा मतदान केन्द्र अहिले पनि कायम रहेको प्रमुख यादवले बताए ।

पछिल्लो पटक सिरहा नगरपालिका १७ मा, लहान नगरपालिकाको वडा नं ३, गोलबजार नगरपालिका २, औरही गाउँपालिकाको वडा नं ३, अर्नमा गाउँपालिका ३ र नरहा गाउँपालिका नं १ मा मतदान केन्द्र थप गरिएको तथा कल्याणपुर नगरपालिका ६ को कटटहा मतदान केन्द्र खारेज गरिएको हो ।

प्रतिनिधिसभाका लागि चारवटा र प्रदेशसभाका लागि आठवटा निर्वाचन क्षेत्र रहेको सिरहामा पुरुष एक लाख ८४ हजार १०१, महिला १ लाख ६० हजार २६७ र दुई तेस्रो लिंगी गरी ३ लाख ४४ हजार ३७० मतदाता रहेका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...