दरबारमार्गका ९ जना ठग व्यापारी पक्राउ
काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँबाट खटिएका प्रहरीले दरबारमार्गका ९ जना ठग व्यापारी पक्राउ गरेको गरेको एसएसपी रवीन्द्र धानुकले बताए ।
सरकारी अनुगमन टोलिले आधा दर्जन पसलमा अत्याधिक मुल्य लिएको भन्दै सिलबन्दी गरेको छ ।
लत्ताकपडा, जुत्ता घडीलगायतका सामानमा बढी मूल्य लिई ठगी गर्ने दरबारमार्गका फरार व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार साँझ ४ बजेदेखि ९ बजे भित्रमा दरबारमार्ग र ठमेलबाट उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा राजेश्वर श्रेष्ठ, सुवास महर्जन, जितेन्द्र महर्जन, श्रीकृष्ण महर्जन, रोशन ओडारी, रौनक शर्मा, उत्तमकुमार बस्नेत, प्रवीण झा र तुलसीधर भण्डारी रहेका छन् ।
उनीहरुलाई कालोजारी ऐन अन्तर्गत मुद्धा चलाइएको छ । उनीहरुलाई काठमाडौँ परिसरमा राखिएको धानुकले बताए ।
महानगरीय प्रहरी परिसर टेकुले १३ व्यवसायीलाई कार्यालयमा उपस्थित हुन पत्र काटेको जानकारी पाएपछि उनीहरू केहीसमययता सम्पर्कबिहीन भएका थिए । व्यवसायीहरू पसलमा कामदार राखेर सम्पर्कविहीन भएर बसेका थिए ।
आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको टोलीले भदौ १९ र २१ गते दरबारमार्गका पसल अनुगमन गर्दा अत्यधिक नाफा लिने गरेको फेला पारेपछि ९ वटा पसलमा सिल गरिएको थियो ।
दुईवटा पसलमा भने सिलबन्दी गरिएको थिएन । विभागले ती २ लत्ताकपडा व्यवसायीलाई पनि कारबाहीका लागि सिफारिस गरेको थियो ।
टोलीले २१ गते नै न्युरोडको लत्ताकपडा पसलमा पनि अनुगमन गरेको थियो । त्यस क्रममा दुई पसललाई सिलबन्दी गरेको थियो ।
विभागका शाखा अधिकृत रमेश श्रेष्ठका अनुसार ती व्यवसायीसँग लिएको बयान विश्लेषण गरी परिसरमा बुझाएको थियो ।
विभागले अत्यधिक मुनाफा राखी बिक्री गरेको निष्कर्षसहित कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ अनुसार कारबाही गर्न फाइल बुझाएको थियो । विभागले पेस गरेको फाइलको आधारमा परिसरले असोज २१ गतेबाट अनुसन्धान थालेको हो ।
ती फाइलका आधारमा परिसरले पुन : अनुसन्धान गरी दोषीलाई कारबाही गर्ने जनाएको थियो । तर, कारबाहीमा पर्ने डरले व्यवसायीहरू फरार भएका थिए ।
भदौ २१ गते दरबारमा पुन :अनुगमन गर्दा छुटका नाममा व्यापारीले थप ठगी गरिरहेको फेला परेको थियो ।
त्यस क्रममा अनुगमन टोलीले वाच एन्ड सी, सुलक्स सेन्टर, लेबल्स स्टोर प्रालिको रिबक, लाइन्स स्टाइल इन्टरप्राइजेज प्रालिको बोसिनी, लेबल्स स्टोर प्रालिका पसल सिलबन्दी गरेको थियो ।
प्रतिकृया दिनुहोस