झापामा मनोनयन दर्तालाई सहज बनाउन ३ बुँदे सम्झौता

झापा । झापामा मनोनयन दर्तालाई सहज र सरल बनाउन सरोकारवालासँग लिखित सम्झौता गरिएको छ ।

राजनीतिक दल र सरोकारवाला निकायसँग छलफल गरी मनोनयन दर्तालाई सहज बनाउन ३ बुँदे लिखित सम्झौता गरिएको निर्वाचन कार्यालयका निर्वाचन अधिकृत गोपाल आचार्यले जनाकारी दिए ।

उनकाअनुसार निर्वाचन आचारसंहिता पूर्णरूपमा पालना गर्न, मनोनयन शान्तिपूर्णरूपमा सम्पन्न गर्न र कोणसभा व्यवस्थित गर्न आ–आफ्नो तर्फबाट प्रयास गर्ने सम्झौता भएको छ ।

मनोनयनपत्र दर्ताका लागि झापाको भद्रपुरमा मुख्य निर्वाचन अधिकृतको कार्यालयसहित ५ वटा निर्वाचन कार्यालय स्थापना भइसकेको छ ।

क्षेत्र नं १ र ३ को जिल्ला समन्वय समितिको कार्यालयमा क्षेत्र नं २ को जिल्ला शिक्षा कार्यालयमा, क्षेत्र नं ४ को जिल्ला स्काउट कार्यालयमा र क्षेत्र नं ५ को जिल्ला हुलाक कार्यालयमा निर्वाचन कार्यालय स्थापना गरिएको छ ।

क्षेत्र नं ३ मा मुख्य निर्वाचन अधिकृतको रूपमा जिल्ला न्यायाधीश खिलानाथ रेग्मी र निर्वाचन अधिकृतको रूपमा क्षेत्र नं १ मा सर्वोच्च अदालत काठमाडौँका इजलास अधिकृत शिवप्रसाद पराजुली, क्षेत्र नं २ मा सोही अदालतका उपरजिष्ट्रार इन्दिरा शर्मा, क्षेत्र नं ४ मा सोही अदालतका इजलास अधिकृत प्रेम खड्का र क्षेत्र नं ५ मा इजलास अधिकृत शकुन्तला कार्की खटिएकी छन् ।

जिल्ला प्रहरी कार्यालयले मनोनय दर्ता प्रक्रिया शान्तिपूर्णरूपमा सम्पन्न गर्न सुरक्षा व्यवस्था मजबुत बनाएको जनाएको छ ।

प्रहरी उपरीक्षक विष्णुकुमार केसीले मनोनयन दर्ता शान्तिपूर्णरूपमा सम्पन्न गर्न सुरक्षाको व्यवस्था मजबुद बनाएको र आवश्यकताअनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिने बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...