ढुंगेलको गिरफ्तारी दुर्भाग्यपूर्ण : माओवादी
काठमाडौं । सरकारले माओवादी नेता बालकृष्ण ढुंगेललाई पक्राउ गरेकोमा एकीकृत माओवादी केन्द्रले ‘दुर्भाग्यपूर्ण’ भनेको छ ।
माओवादीले आफ्ना नेता पक्राउ परेलगत्तै ढुंगेल पक्राउ प्रकरण शान्ति प्रक्रिया विपरित भएको जनाएको छ । माओवादीले निर्वाचनको मुखैमा आएर यसरी द्वन्द्वकालीन मुद्दा व्यूँत्याएर निर्वाचन भाड्न खोजेको आरोप पनि लगाएको छ ।
यता, द्वन्द्वकालीन मुद्दाहरु व्युँत्याएर सरकारले बालकृष्ण ढुंगेललाई गिरफ्तार गरेकोमा योङ कम्युनिष्ट लिग (वाइसिएल) ले आपत्ति जनाएको छ ।
ढुंगेललाई मंगलबार प्रहरीले पक्राउ गरेपछि आपत्ति जनाउँदै वाइसिएलले द्वन्द्वकालीन मुद्दाहरु व्युँत्याएर सबै जिल्लामा रहेका नेपाली कांग्रेस र राप्रपाका नेताहरुमाथि मुद्दा दायर गर्ने पहलकदमी लिन वाइसिएलका मातहतका जिल्ला समितिहरुलाई निदेशन पनि दिएको छ ।
वाइसिएल अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ र महासचिव सुवोधराज शेर्पालीले विज्ञप्ती जारी गर्दै ढंगेललाई तुरुन्त रिहाई गर्न माग गरिएको छ ।
‘द्वन्दकालका गम्भीर घटनामा ‘सत्य निरुपण तथा मेलमिलाप आयोग’ मार्फत हेरिने भन्ने बिस्तृत शान्ति सम्झौताको उलघंन मात्रै होइन, देश निर्वाचनमा होमिइरहँदा निर्वाचन भाड्ने षड्यन्त्रस्वरुप गरिएको गिरफ्तारीप्रति हाम्रो संगठन आपक्ति व्यक्त गर्दछ’ सो विज्ञप्तीमा भनिएको छ, ‘निर्वाचन भाड्न गरिएको षड्यन्त्रप्रति चनाखो र सचेत हुनसमेत आम युवाहरुमा अपिल गर्दछ ।’
प्रतिकृया दिनुहोस