बैँकको सेवा व्यवस्थित नहुँदा सेवाग्राहीलाई सास्ती

Dhangadi 2 768x432

धनगढी । राष्ट्रिय वाणिज्य बैँकको धनगढी शाखा कार्यालयमा बैँकिङ कारोबारका लागि पुग्ने सेवाग्राहीले बैँकको सेवा चुस्त र व्यवस्थित नहुँदा सास्ती खेप्नुपरेको छ ।

दिनहुँ बैँकमा हुने सेवाग्राहीको ठूलो भीडले समयमै काम बन्न नपाई सास्ती खेप्नु परेको सेवाग्राही शिवकुमार चौधरीले बताए ।

‘एक घण्टा लाइनमा बस्दा पनि पालो नआएपछि आफू रकम नलिएरै फर्किए, उनले भने –कार्यालयभित्र व्यवस्थापनको पाटो लथालिंग हुँदा काम बन्न सकेन ।’

रकम भुक्तानीका लागि बैँकमा लाइनमा बस्दाबस्दै कार्यालय बाहिर राखिएको साइकलसमेत चोरी भएको चौधरीले बताए ।

रकम भुक्तानी लिन एक/डेढ घण्टा लाइनमा बसेर पालो कुर्नु पर्दा घरायसी अन्य काम समेत प्रभावित हुने गरेको अर्का सेवाग्राही शिवराज भट्ट बताए ।

बैँकका प्रबन्धक चेतराज भट्टले वर्षेनी जनघनत्व बढ्दै गए पनि धनगढी उपमहानगरपालिकामा बैंकको एउटै मात्र शाखाबाट सेवा प्रवाह गर्नुपरेकाले सेवाग्राहीको भीड थामी नसक्नु भएको बताए ।

अर्को शाखा विस्तार गर्न केन्द्रलाई पटकपटक अनुरोध गरिएपनि सुनुवाइ हुन नसक्दा सेवा प्रवाहमा समस्या उत्पन्न भएको उनको भनाइ छ ।

शाखा कार्यालयमा साधन स्रोतको अभाव भइरहेकै अवस्थामा देशभरिको जुनसुकै ठाउँको चेक बैँकबाट साट्न पाइने व्यवस्था नेपाल राष्ट्र बैँकले गर्दै आएको थियो ।

सरकारी कार्यालयको कारोबार गएको साउनदेखि वाणिज्य बैँकबाट गर्ने व्यवस्था गरिँदा सेवाग्राहीको चाप ह्वात्तै बढेको भट्टले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...