कालिकोट बस दुर्घटना ३ घाइते

Kalikot district location

कालिकोट । कालिकोट जिल्लाको खडाचक्र नगरपालिकामा सुनार खोलामा बस दुर्घटना हुदा ३ जना घाइते भएका छन् ।

जुम्लाबाट काठमाडौँका लागी छुटेको ना.५ ख ६३७ नम्बरको कर्णाली यातायतको बस दिउसो २ बजे दुर्घटना भएको हो । गाडिको ब्रकफेल भएपछि दुर्घटना भएको चालक सुरेन्द्र कुवरले बताएका छन् ।

घाइते हुनेमा बैतडी जिल्ला सिबनाथ गाउपालिका वडा नं. ५ का बर्ष ३८ का तेज बहादुर चन्द, जुम्ला जिल्ला चन्द्रनाथ नगरपालिका वडा नं. १० बर्ष ३८ कि टिकालक्ष्मी न्यौपाने, जुम्ला जिल्ला पातारासि गाउपालिका वडा नं. ५ बर्ष ३५ कि कोइरे बुढा घाइते भएका छन् ।

घाइते मध्य टिकालक्ष्मी न्यौपान तेज बहादुर चन्दलाई जिल्ला अस्पताल कालिकोटले नेपालगन्ज रिफर गरेको छ । गाडिको क्षमता ४० जनाभए पनि ७० जना यात्रु सवार रहेका थिए ।

गाडिको बे्रेकफेल भएपछि चालक कुवँरले गाढि भित्ता तर्फ जोतेका थिए । कुनैपनि हालतमा बचाउनुपर्छ भन्ने चाहना भएकै कारण नआत्तिएर टुलो दुर्घना हुनबाट जोगाएको कुवँरले बताए ।

यात्रु र स्थानिय वासिन्दाहरुले ठुलो दुर्घना हुनबाट जोगाएको भन्दै चालक कुँवरलाई धन्यावाद दिएका छन् । त्यस्तै हिजो उदयपुर, गुल्मि लगायत देश भर दुर्घटनामा परी २० जना भन्दा बढिको ज्यान गएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...