निकुञ्ज हुँदै माडी जोड्ने सडक विस्तारको काम शुरु

Road expand

चितवन । वन तथा भूसंरक्षणमन्त्री विक्रम पाण्डेले चितवन राष्ट्रिय निकुञ्ज हुँदै माडी जोड्ने सडक विस्तारको काम शुरु गरिएको बताए ।

यहाँ मंगलबार पत्रकारसँग कुरा गर्दै मन्त्री पाण्डेले निकुञ्जभित्र पर्ने सडक छेउमा रहेका रुख काट्ने काम शुरु गरिएको बताउँदै भने ‘सडकमा आवागमन गर्न असहज बनेका रुखमा टाँचा लगाइएको छ ।

ती रुखहरु काट्ने काम शुरु भएको हो ।’भरतपुरबाट माडी जाने क्रममा चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा आठ किमी सडक पर्छ ।

यससँगै माडीवासीका लागि निकुञ्ज यात्रा गर्दा लाग्ने शुल्क नलिने वातावरण तय गर्नका लागि अन्तिम गृहकार्य भइरहेको बताइएको छ ।

उनले भने, ‘जिल्ला सदरमुकामबाट घर जानका लागि पनि कर तिर्नुपर्ने बाध्यता माडीवासीमा छ । यसको अन्त्य चाँडै हुन्छ ।’अहिले माडीवासीले भरतपुरबाट माडी जानका लागि मोटरसाइकल, बयलगाडा र टाँगाको १० कर तिर्दै आएका छन् भने बस, कार, जीप, ट्र्याक्टर, लरीलगायत पाँच टनसम्मका सवारी साधनले ५० शुल्क तिर्ने गरेका छन् ।

फरक प्रसंगमा मन्त्री पाण्डेले आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा आफू चितवन क्षेत्र नं ३ बाट उम्मेदवार हुने बताए ।

यसअघि विजयी भएको क्षेत्र भएकाले पनि आफू सोही क्षेत्रलाई प्राथमिकतामा राख्दै आएको उनको भनाइ थियो । यसअघि उनी चितवन क्षेत्र नं ५ बाट विजयी हुनुभएको थियो । सो क्षेत्र अहिले क्षेत्र नं ३ मा पर्छ ।

वाम गठबन्धनबाट सोही क्षेत्रबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उम्मेदवारी घोषणा गरिसकेका छन् । सोही क्षेत्रमा दाहालकै प्रतिष्पर्धामा लोकतान्त्रिक गठबन्धनबाट पाण्डे उम्मेदवार हुन लागेका हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...