५ परिवारका लागि अपांगमैत्री बासस्थान निर्माण गर्ने घोषणा

Apangmaitri ghar

काठमाडौं । खोटाङका ५ जना अपांग परिवारका लागि अपांगमैत्री बासस्थान बनाइने भएको छ । मानवताका लागि शान्ति र संस्कृति नाम संस्थाले एकै परिवारका ५ जना अपांगगता भएकाहरुका लागि बासस्थान बनाइदिने भएको हो ।

संस्थाले वासस्थान निर्माणका लागि स्थान भने छनोट गरिसकेको छैन । परिवारका अपांग सदस्यलाई पायक पर्ने स्थानमा भवन निर्माण गर्ने योजना रहेको संस्थाका अध्यक्ष प्रितम खड्काले बताए ।

राजधानीमा आयोजित पत्रकार गर्दै संस्थाका अध्यक्ष खड्काले आफूले एक वर्ष पहिले सो परिवारलाई भेटेपछि अपांगमैत्री भवन निर्माणका लागि पहल गरेको बताए । उनले अपांगता भएकाहरुलाई सुरक्षित वावासको आवश्यकता ठानेर संस्थाले निःस्वार्थ भावनाले बासस्थान बनाउन लागेको बताए ।

सो पत्रकार सम्मेलनमा भक्तबहादुर विष्टले आफूहरुसँग केही गरेर खाने सिप भए पनि वासस्थानको अभावका कारण समस्या भएको बताए । संस्थाका सल्लाहकार एवं राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले देशभर १८ दशमलव १३ प्रतिशत अपांग भए पनि उनीहरुको विषयमा सरकारले कुनै पहल कदमी नचालेको बताए । ‘देशमा अपांगको संख्या धेरै छ । त्यसैले यस विषयमा राज्य नै गम्भीर हुनुपर्छ’ उनले भने, ‘यसरी एक–दुई स्थानमा एक–दुई घरपरिवारका लागि बासस्थान निर्माण गरेर अपांगको समस्या निर्मूल हुँदैन ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...