अन्ततः मन्त्रालय तानिए खड्का

Gopal bd khadka

काठमाडौं । इन्धन भण्डारणको लागि जग्गा खरिद गर्दा अनियमितताको आरोप लागेका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्का मन्त्रालय तानिएका छन् ।

खड्काले जग्गा खरिद गर्दा अनियमितता गरेको आरोपमा संसदीय समितिहरुले खड्कालाई कारबाही गर्न सिफारिस गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवा, मन्त्री मण्डल, सचिव देवकोटाको पहलमा खड्का बर्खास्ती परेका थिए । स्पष्टिकरण नसोधि मन्त्रिपरिषद् बैठकले बर्खास्त गरेका खड्का सर्वोच्चको आदेश पछि निगममा हाजिर भएका थिए ।

खड्कालाई तिहारअघि नै मन्त्रालय तान्ने निर्णणको टिप्पणी उठाइएको थियो । तर, त्यसबेला नवनियुक्त आपूर्ती मन्त्री जयन्त चन्द खड्कालाई कारवाही गर्न डराएका थिए । अन्ततः खड्कालाई मन्त्रालय तान्न बाध्य भएका छन् ।

खड्कालाई निगममै राखि राख्दा थप क्षती हुने भन्दै पूर्व आपूर्तीमन्त्री शिवकुमार मण्डल र सचिव कृष्णप्रसाद देवकोटाले मन्त्रालय तान्न निर्वाचन आयोगबाट अनुमति लिएका थिए । तर, मन्त्रालय तान्न नपाउँदै मन्त्री विना विभागीय बनेपछि सो निर्णय कार्यान्वयन हुन सकेको थिएन ।

संसदीय समिति र मन्त्रालयले दोषी ठहराएका खड्कालाई मन्त्रालय तान्ने सचिव देवकोटाको प्रस्तावलाई आपूर्ति मन्त्री जयन्त चन्दले सोमबार सदर गरेसँगै खड्का मन्त्रालय तानिएका हुन् । सो निर्ण सदर भएपछि अबदेखि खड्कालाई मन्त्रालयमै हाजिर गराइने छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...