३ दिनपछि बिर्तामोडमा लगाइएको कर्फ्यु हट्यो

Btr 300x128

झापा । बिर्तामोडमा शुक्रबारदेखि लगाइएको कर्फ्यु आज अपराह्नबाट हटाइएको छ ।

झापाको अर्जुनधाराका ११ वर्षीय बालकको मृत्यु प्रकरणको विषयलाई लिएर निकालिएको प्रदर्शनले हिंसात्मक रुप लिएपछि शुक्रबारदेखि बिर्तामोडमा लगाइएको कफ्यू सोमबारबाट पूर्ण रुपमा हटेको छ ।

झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले आन्दोलन साम्य भएपछि दिउँसो ३ बजेदेखि पूर्ण रुपमा कर्फ्यु हटाइएको बताए ।

प्रतिकृया दिनुहोस