मानवअधिकार उल्लंघनका घटनामा दबाबमूलक कार्यक्रम

Human

पोखरा राष्ट्रिय मानवाधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले मानवअधिकार उल्लंघनका घटनामा पीडितलाई राहत दिन आयोगले जस्तोसुकै दबाबमूलक कार्यक्रम गर्ने बताए । 

राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय पोखराको आयोजनामा शुरु भएको अपाङ्गता भएका व्यक्तिको मानवअधिकारको अवस्था विषयक दुईदिने प्रादेशिक सम्मेलनको उद्घाटन गर्दै जोसुकै पक्षबाट हुने त्यस्ता घटनामा अधिकारकर्मीसँग हातेमालो गर्दै दबाब दिन आयोग अग्रपंक्तिमा रहने विश्वास दिए ।

हरेक संरचना अपाङ्गमैत्री हुनुपर्नेमा जोड दिँदै अध्यक्ष शर्माले मानवको खान मात्रै नभई सम्मानपूर्वक बाँच्ने पनि अधिकार सुनिश्चित हुनु पर्नेमा जोड दिए । आयोगको परिसरमा अपाङ्गमैत्री एउटा ‘डेक्स’ निर्माण गर्ने र सबै प्रकारका अपाङ्गको हक र अधिकारका लागि सहज हुने बताए ।

पोखरा–लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले अपाङ्गता भएका व्यक्तिलाई महानगरले निःशुल्क सेवा दिने गरेको जानकारी गराउँदै उनीहरुले भोग्दै आएका समस्या समाधानमा आपूmले विशेषरुपले सहयोग गर्ने वचनबद्धता व्यक्त गरे ।

उच्च अदालत पोखराका मुख्य न्यायाधीश कुमार चुडालले सम्मेलनबाट प्राप्त सुझावले अपाङ्गहरुले भोग्नु परेका समस्या समाधानमा आधारपत्र तयार पार्ने विचार व्यक्त गरे । राष्ट्रिय मानव अधिकार आयोग पश्चिमाञ्चल क्षेत्रीय कार्यालयका निमित्त निर्देशक नितु बर्तौलाको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...