चुनाव रोकिदै रोकिदैन, मधेशमा कांग्रेस, राजपा र फोरमबिचतालमेल हुन्छ : सिँचाई मन्त्री गौतम

Sichde mntri

काठमाडौँ । सिंचाईमन्त्री संजय गौतमले तोकिएकै मितीमा चुनाव गराउन सरकार प्रतिवद्ध भएको बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले निर्धारित समय मंसिर १० र २१ गते नै चुनाव गराउने दाबीगर्दै मन्त्रीगौतमले चुनावकुनै पनि हालतमा नसर्ने बताउँदै आशंकानगर्न आग्रह गरेका छन् । 

आइतबार रिपोर्टर्स क्लब नेपालले गरेको कार्यक्रममा बेल्दै मन्त्रीगौतमले सर्वोच्च अदालतले निर्वाचन आयोगसँग जवाफ माग्दैमा चुनाव प्रभावित नहुने बताए ।

मन्त्रीगौतमले भने ‘अदातलको कार्यक्षेत्रमा हामी प्रवेश गर्दैनौँ । निर्वाचन आयोगले पनि अहिले सम्म चुनाव गराउन सक्दिन भनेको छैन ।’

नेपाली कांग्रेसका तर्फबाट बर्दिया क्षेत्र नम्बर १ का उम्मेदवार समेत रहेकागौतमले आफुले चुनाव जित्ने दाबी समेत गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...