शोकमा डुब्यो सप्तरी

दुर्घटनामा मुत्यु भएका ३१ मध्ये सप्तरीका परे २४ जना

Saptari 12

राजविराज । सप्तरीको तिलाठी यतिबेला शोकमा डुबेको छ । कसैका आँखा ओभानो छैन । कसैले आँखाका आसू थाम्न सकिरहेका छैनन् । सिंगो गाउँभर नै रुवावासी चलेको छ ।

तिलाठीस्थित स्मारक चोकमा चार शव राखिएको थियो । शव देख्दा आफन्त र गाउँलेको भी लागेको थियो । गाउँले जति शोकाकुल देखिन्थे । आफन्त मध्ये कोही बेहोस भएर ढलेका थिए त कसैका बोली बन्द भएको थियो । धरैका आँखाबाट आँशुका धारा बगिरहेको देखिन्थ्यो ।

यो दृष्य कहाली लाग्दो मात्रै होइन, सबैको मन दुखाउने पनि थियो । शनिवार विहान धादिङमा भएको बस दुर्घटनाले यतिबेला सप्तरी पूरै जिल्ला शोकमा डुबेको छ । तिलाठी त्यसको पीडामा परेको छ ।

आइतबार जिल्लाका स्थानीय तह र मातहतका सरकारी कार्यालय बन्द छन् । निजी तथा सरकारी शिक्षण संस्थाहरुसमेत शोकमा बन्द गरिएको छ ।

सो बस दुर्घटनामा परी तिलाठीका पण्डित रमानाथ झाका जेठा छोरा ३५ वर्षीय सन्जितकुमार झा, कान्छा छोरा ३० वर्षीय अन्जितकुमार झा, सन्जितकी श्रीमती सिम्मी झा, सन्जितका जेठा छोरा ८ वर्षीय अभिनवको मृत्यु भएको थियो ।

दुर्घटनामा ज्यान गुमाएका ४ जनाको आजै कोशी ब्यारेजमा दाहसंस्कार भइरहेको स्थानीय बताउँछन् । 

सन्जितको ससुराली गाउँ राजविराज नगरपालिकाको गोठममा पनि पूरै शोकमा डुबेको छ । उनका साली २३ वर्षीया पुजा बेपत्ता छन् । गोठममा उनका सालो र काकी सासुको ज्यान गएको छ भने साली बेपत्ता छन् ।

उनका २० वर्षीय साला आदित्य झा, बिटुकी काकी ७५ वर्षीय चन्द्रिका झाको समेत मृत्यु भएको छ । सन्जितका कान्छा छोरा ३ वर्षीय प्रतिक बेपत्ता छन् ।

शनिबार धादिङस्थित त्रिशुली नदीमा बस खस्दा मृत्यु भएकाहरुको शव आज सप्तरी ल्याइएको छ । सो दुर्घटनामा परी ३१ जनाको मृत्यु भएको थियो । जसमध्ये २४ जना त सप्तरीकै बासिन्दा हुन् । सोही घटनामा परेका अन्य २ जना अझैं बेपत्ता छन् ।

सो घटनामा परी मृत्यु भएका सप्तरीका २४ जनामध्ये १२ जनाको शव घरमा ल्याइसकिएको छ । अन्यको शव पनि धादिङबाट ल्याउने क्रम जारी छ । आज साँझसम्म सबै सब ल्याइसकिने सप्तरीका प्रहरी उपरिक्षक मुकेशकुमार सिंहले बताए ।

सप्तरीको बोदेवरसाइन नगरपालिकाका १० जनाको ज्यान गएको छ । जसमध्ये मानराजाको चतुरनारायण प्रमाणीका ४ छोरीको ज्यान गएको छ । कृष्णा सवरण गाउँपालिकाकी एक आमा–छोरीको ज्यान गएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...