बस दुर्घटनाको शोकमा आइतबार सप्तरीका सबै स्थानीय तह बन्द

Saptari district

सप्तरी । त्रिशुली बस दुर्घटनाको शोकमा आइतबार सप्तरीका सबै स्थानीय तह बन्द भएको छ ।

राजविराजबाट काठमाडौँ जाँदै गरेको बस त्रिशुली नदीमा खसेर दुर्घटनामा परी सप्तरीका झण्डै डेढ दर्जन व्यक्तिको मृत्यु भएपछि जिल्लाका सबै स्थानीय तहले आइतबार शोक मनाएको राजविराज नगरपालिकाका प्रमुख शम्भु यादवले जानकारी दिए ।

यसैबीच संघीय समाजवादी फोरम नेपाल र नेकपा एमाले सप्तरीले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

फोरम नेपालका जिल्ला अध्यक्ष दिनेशकुमार यादवले आज एक प्रेस विज्ञप्ति जारी गर्दै घाइतेहरुको शीघ्र स्वाथ्य लाभको कामना गरे ।

दुर्घटनामा परी मृत्यु भएकाको परिवारलाई क्षतिपूर्ति र घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाउन माग गरिएको छ ।

यस्तै एमालेले पनि सप्तरीले पनि मृतकप्रति श्रद्वाञ्जलि व्यक्त गर्दै मृत्यु हुनेको परिवारलाई अविलम्ब क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ ।

प्रतिकृया दिनुहोस